April 22, 2025

एमाले १०औं महाधिवेशन : वरिष्ठ उपाध्यक्षमा ईश्वर, महासचिवमा शंकर

November 29, 2021
- ADVERTISEMENT -

चितवन / नेकपा एमालेको १०औं महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रबाट पदाधिकारीको नाम पनि अनुमोदन भएको छ । आज सोमबार बिहान साढे ३ बजे सकिएको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा आफ्नो सहित १९ जना पदाधिकारीको नाम पेस गर्नु भएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।
ओलीले पदाधिकारीहरुमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जनाको नाम प्रस्ताव गरेको थियो । अध्यक्षमा केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल तथा उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा (बादल), विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम अनुमोदन भएको छ ।
यस्तै, महासचिवमा शंकर पोखरेलको नाम अनुमोदन भएको छ । उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमालको नाम अनुमोदन भएको छ ।
सचिवहरुमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम अनुमोदन भएको छ । त्यसअघि बन्दसत्रमा केन्द्रीय कमिटीका ३०१ जनाको नाम पेस भएको थियो ।
उता अध्यक्षका उम्मेदवार भिम रावलले आफु प्रक्रिया अनुसार अध्यक्ष पदमा चुनावमा जाने बताएका छन् । एमालेका अध्यक्ष ओलीले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा ३०१ जना केन्द्रीय सदस्यहरुको सूची पनि पेश गरेको छ । जसमा २०० जना पुरुष र १०१ जना महिलाको नाम रहेका छन् ।

- ADVERTISEMENT -