April 30, 2025

बोष्टन कलेजको ‘बिआइसी नेशनल रिर्सच कन्फेरेन्स’ सम्पन्न

November 30, 2021
- ADVERTISEMENT -

चितवन / बोस्टन ईन्टरनेशनल कलेज भरतपुरले ‘पहिलो बिआइसी नेशनल रिर्सच कन्फेरेन्स –२०२१’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको संयोजन बोस्टन रिर्सच ल्याबले गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका डिन एसोसिएट प्रोफेसर डा. दयाराज ढकाल र बोष्टन ईन्टरनेशनल कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले राष्ट्रियगानको धुनसँगै बिरुवामा पानी हालेर शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा ‘जेनेरल रिर्सच ईन्भारमेन्ट’ विषयमा पहिलो पेलेनरी सत्र सुरु गरिएको थियो भने प्रोफेसर महानन्द चालिसे, एसोसिएट प्रोफेसर प्रकाश चन्द भटराई र एसोसिएट प्रोफेसर भरतराम ढुगांना समेत ३ जनाले विभिन्न विषयमा आफ्नो प्रस्तुति दिएका थिए ।
प्राविधिक सत्रको सुरुवातमा “व्यवस्थापन तथा उद्यमशीलता“ र “वित्तिय तथा अर्थतन्त्र“ गरी २ वटा विषयमा विभाजन गरिएको थियो । कार्यक्रममा सहभागीहरुले विभिन्न विषयमा आफ्नो रिर्सच पेपरको प्रस्तुति दिएका थिए ।
त्यसपश्चात “विशेष रिर्सच“ को विषयमा आधारित रहेर दोस्रो पेलेनरी सत्रको सुरुवात गरिएको थियो । सत्रमा एसोसिएट प्रोफेसर विजयलाल प्रधानले आफ्नो रिर्सचको विषयमा प्रस्तुति दिएका थिए । उक्त कार्यक्रममा नेपालका प्रतिष्ठित शिक्षक, व्यवसायी संघ एवम् विभिन्न कलेजका अनुसन्धानकर्ताको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा जेनेरल मेनेजमेन्ट कमिटिका अध्यक्ष प्रोफेसर डा. महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा. भोज राज अर्याल, काठमाडौं विश्वविद्यालयका प्रमुख एसोसिएट प्रोफेसर डा. प्रकाश चन्द्र भटराई, पोखरा विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. भरतराम ढुगांना लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोष्टन ईन्टरनेशनल कलेजका अध्यक्ष आनन्दबहादुर चन्दको सभापतित्व सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -