April 25, 2025

कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी

December 3, 2021
- ADVERTISEMENT -

काठमाण्डाै / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागि आज बोर्डको बैठक बस्दैछ ।
बैठकले आजै परीक्षाको नतिजा सार्वजनिक गर्ने सम्भावना रहेको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माकाअनुसार एक/दुई दिन भित्रै नतिजा सार्वजनिक गर्ने तयारी छ ।
बोर्ड बैठकले आजै नतिजा निकाल्ने निर्णय पनि गर्न सक्नेछ । गएको भदौ ३० गतेदेखि असोज ८ गतेसम्म १२ कक्षाको परीक्षा भएको थियो ।

- ADVERTISEMENT -