चितवन / अखिल नेपाल महिला संघ समाजबादी चितवन जिल्लाको महिला भेलाले पार्बती सिलवालको अध्यक्षतामा २०७ जनाको जिल्ला कमिटी गठन भएको छ । उपाध्यक्षमा कल्पना सापकोटा , चन्डिका ढकाल र चन्द्रीका बानियाँ, सचिबमा सरस्वती लामा , सहसचिवमा कोपिला उपरकोटि,पार्बती घिमिरे र शुस्मा श्रेष्ठ खड्की र कोषअध्यक्षमा पार्बती मल्ल चयन भएका छन ।
भरतपुरमा आयोजित घोषण कार्यक्रममा अनेम संघ समाजवादीको केन्द्रिय अध्यक्ष जयन्ती राईको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिशिस्ट अतिथिका रुपमा पार्टीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनाल, पार्टीका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देल लगायतले शुभकामना संगसंगै पार्टीका विषयमा अहिलेको भए गरेका समसमायिक कुराहारु राखेका थिए ।
प्रमुख अतिथि राइले अब पार्टीलाई एक ढिक्का बनाएर लैजानु पर्ने र सबै तहतप्कामा छिटोभन्दा छितो कमिटी गठन गर्नु पर्ने निर्देशन सहित १६ दिने महिला हिंसा अभियान चलिरहेको बेल अनेम संघ गठन गरेकोम खुशी संगै शुभकामना समेत व्यक्त गरेकी थिइन । जिल्ला सचिवालय सदस्य इन्द्रीरा भण्डारी कटेलले संचालक गरेको कार्यक्रम शुशिला लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
चितवनमा अनेम संघ (समाजबादी) गठन, नेतृत्वमा सिलवाल
December 5, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
