काठमाडौं / नायिका रेखा थापा चुनावमा पराजित भएकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ कार्यसमितिको महामन्त्रीमा उमेदवारी दिएकी उनी कुन्ती शाहीसँग पराजित भएकी हुन् । उनले महिलातर्फको महामन्त्री उमेदवारी दिएकी थिइन् ।
विजयी शाहीले २ हजार ८ मत ल्याएकी छिन् भने रेखाको पक्षमा १६ सय ४० मत मात्र खसेको थियो । कुन्ती कमल थापाको प्यानलबाट भने रेखा राजेन्द्र लिङदेनको प्यानलबाट चुनाव लडेकी थिइन् ।
मतपरिणामपछि रेखाले सञ्चारकर्मीसँग आफूले पाएको मत सम्मानजनक रहेको भन्दै यसलाई आफूले जितका रुपमा लिएको बताएकी छिन् । आगामी दिनमा जनताको मन जित्न थप काम गर्ने उनले प्रतिक्रिया दिएकी छिन् ।
राप्रपामा आएको नयाँ नेतृत्त्वले पार्टीभित्रका विकृति र विसंगतीलाई पन्छाएर जनताको पक्षमा काम गर्नुपर्नेमा उनको जोड छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

रेखालाई उछिन्दै कुन्ती शाही विजयी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -











