काठमाडौं / नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । मंगलबारसम्म ८७ लाख ८० हजार ४३३ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पहिलो डोज मात्रै खोप लगाउनेको संख्या १ करोड ५० लाख ४ हजार ७६४ पुगेको छ । पहिलो र दोस्रो डोज गरी हालसम्म १ करोड ९२ लाख ८५ हजार १९७ मात्रा खोप लगाइसकेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ७५३ मात्रा खोप लगाइएको छ ।
यसैगरी नेपालमा थप ३१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८ सय १० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ९ हजार ३ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ जनामा र २ हजार ४ सय २४ जनाको एन्टीजेन परीक्षण गर्दा ४३ जनामा गरी ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार ७६४ पुगेको छ । तीमध्ये हालसम्म ११ हजार ५४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ८ लाख ५ हजार २०५ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३०४ जना निको भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ जना रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये ६ हजार १३ जना होम आइसोलेसनमा रहेका छन् भने ३३९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १२३ जना आईसीयू र ३० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
नेपालमा ८७ लाख बढीले लगाए कोरोनाविरुद्धको पूर्ण खोप
December 7, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
