Opens in a new tab
२०८३ आश्विन २८, बुधबार
October 14, 2026
२०८३ आश्विन २८, बुधबार
October 14, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

हेटौंडाका पत्रकार अधिकारीको ‘मकवानपुरमा मिडिया’ विमोचन

प्रकाशित मिति : २०७८ मंसिर २३ गते

मकवानपुर / हेटौंडाबाट संचालित तु खबर डटकमका सम्पादक गिरिजा अधिकारीद्वारा लिखित ‘मकवानपुरमा मिडिया’ नामक पुस्तक विमोचन गरिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त ‘मकवानपुरमा मिडिया’ नामक पुस्तक विमोचन गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले अधिकारीको लेखनयात्राको निरन्तरताको कामना गर्दै पत्रकारितासँगै लेखनको बाटो भएर सत्यको पछि लागि रहन सुझाव दिए । उनले पत्रकारहरुले हिनताको भावनालाई त्यागेर देश र जनताप्रति जवाफदेही हुँदै सत्यतथ्य समाचारलाई जनतासामु सुसूचित गर्न आह्वान गरे ।
उनले पत्रकारिता राजनीतिक दलको छायाँ बन्न नहुने र जनप्रतिनिधि तथा सरकारका उच्च पदस्थ अधिकृतहरुले गरेका अनियमित कार्यको लागि सत्यतथ्य समाचार सार्वजनिक गर्न आफुमा दृढता हुनुपर्ने बताए । शर्माले प्रजातन्त्रमा प्रेस स्वतन्त्रताको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अहिले नयाँ युवा पुस्ताहरुलाई पत्रकारिता क्षेत्रको विकासको लागि अग्रसर रहनुपर्ने आवश्यकता औँल्याउँदै पत्रकार महासंघले अभिप्रेरित गर्नुपर्ने टड्कारो आवश्यकता भएको बताए ।
सो अवसरमा बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश सरकारले पत्रकारिता क्षेत्रलाई स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्न अभिप्रेरित गर्दै आएको उल्लेख गर्नुहुँदै लोककल्याणकारी विज्ञापन समानुपातिक ढंगबाट सबैलाई वितरण गर्न सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।
त्यस्तै बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलले मुलुकको प्रजातन्त्र राष्ट्रियता सम्र्वद्धनको लागि प्रेस स्वतन्त्रता अपरिहार्य रहेको उल्लेख गर्दै पहुँचमा नरहेका जनताहरुलाई भौतिक पूर्वाधार, स्वास्थ्य उपचार गर्ने र आर्थिक सम्मृद्धिको लागि प्रदेश सरकारले निश्पक्षका साथ विशेष कार्यक्रम तर्जूमा गरी लागू गर्न आग्रह गरिन् ।
कार्यक्रममा सो पुस्तकका लेखक हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ निवासी अधिकारीले मकवानपुरमा पत्रकारिता क्षेत्रका इतिहासको साथै युवा पुस्तालाई पत्रकारिता क्षेत्रमा संलग्न हुने स्रोतको रुपमा रहेको बताए ।
उनले पुस्तक निकै उपयोगी हुने विश्वास व्यक्त गर्दै पत्रकारितामा लाग्ने युवा पुस्ताले आफ्नो जीवनशैलीलाई कठिनाई भोगेर भएपनि पत्रकारिता क्षेत्रको विकासलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, नेकपा एमाले मकवानपुरका अध्यक्ष बद्रीप्रसाद लम्साल, एकपा एकीकृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला, प्रदेश युवा परिषद् बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष सन्तोष चौँलागाई, ब्रोडकास्टिङ एशोसिएसन अफ नेपालका केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौँलागाई, नेकपा माओवादी केन्द्रका प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन (पृथक)लगायत मकवानपुरका संचारकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.16
152.76
European Euro
1
170.13
170.80
UK Pound Sterling
1
201.45
202.25
Swiss Franc
1
182.73
183.45
Australian Dollar
1
106.10
106.52
Canadian Dollar
1
106.72
107.14
Singapore Dollar
1
118.88
119.34
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.73
22.82
Saudi Arabian Riyal
1
40.51
40.67
Qatari Riyal
1
41.74
41.91
Thai Baht
1
4.53
4.55
UAE Dirham
1
41.43
41.59
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
11.36
11.41
Swedish Kroner
1
15.22
15.28
Danish Kroner
1
22.76
22.85
Hong Kong Dollar
1
19.39
19.46
Kuwaity Dinar
1
493.55
495.49
Bahrain Dinar
1
402.81
404.39
Omani Rial
1
395.22
396.77