Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राष्ट्रिय परिचयपत्र : नवलपुरमा करिब दुई लाखले भरे फारम

प्रकाशित मिति : २०७८ मंसिर २६ गते

नवलपुर / नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा झण्डै दुई लाखले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन् । जिल्लाका स्थानीय तहमा सञ्चालन गरिएको घुम्ती शिविर र फिल्ड कार्यालयमा नै पुगेर राष्ट्रिय परिचयपत्रको फारम भर्नेको सङ्ख्या एक लाख ९७ हजार ३८२ पुगेको हो ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले साउनमा सञ्चालन भएको घुम्ती शिविरबाट एक लाख ८४ हजार ३३७ ले राष्ट्रिय परिचयपत्रको फारम भरेको जानकारी दिनुभयो ।
त्यस्तै जिल्ला प्रशासन कार्यालयमा रहेको फिल्ड कार्यालयमा नै पुगेर शुक्रबारसम्म १३ हजार ४५ ले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेका थापाको भनाइ छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट नयाँ नागरिकता बनाउने भन्दा धेरैले नागरिकताको प्रतिलिपि निकालेका छन् । चालु आर्थिक वर्ष २०७८÷७९ को कात्तिक मसान्तसम्म जिल्लामा चार हजार ४८६ ले नयाँ नागरिकता बनाउँदा चार हजार ६०१ ले नागरिकताको प्रतिलिपि निकालेका छन् ।
नयाँ नागरिकता बनाउने पुरुष दुई हजार ३३५ तथा महिला दुई हजार १५१ रहेका भन्दै सहायक प्रजिअ थापाले नागरिकताको प्रतिलिपि निकाल्ने पुरुष दुई हजार ४४१ तथा महिला दुई हजार १६० रहेका बताउनुभयो । विभिन्न जिल्लाबाट नवलपुरमा बसाइँ सरेर आउनेको नागरिकताको प्रतिलिपिसमेत यहीँ बनाइएका कारण प्रतिलिपि निकाल्नेको सङ्ख्या धेरै देखिएको सहायक प्रजिअ थापाले बताउनुभयो । जिल्ला प्रशासनमा राहदानीको काम रोकिएको छ ।
पुरानो (एमआरपी) राहदानी निर्माण रोकेर नयाँ ‘इ–पासपोर्ट’ बनाउन सुरु भएसँगै जिल्लाबाट राहदानीको काम रोकिएको हो । यद्यपि अत्यावश्यक पर्ने व्यक्तिका लागि इ–पासपोर्टको सिफारिस दिने काम भइरहेको सहायक प्रजिअ थापाले बताउनुभयो । अभिभावक विदेशमा रहेका तर नाबालक नेपालमा नै रहेका र उनीहरुलाई विदेश लैजानुपर्ने अवस्था आएको खण्डमा पनि राहदानी सिफारिस दिने गरेको थापाले बताउनुभयो तर, वैदेशिक अध्ययन तथा रोजगारका लागि जान नयाँ राहदानी बनाउन आउनेको हकमा भने अहिले सिफारिस बन्द गरिएको छ ।
अबको केही समयमा नै जिल्लाबाटै इ–पासपोर्ट जारी गर्ने तयारी भइरहेको भन्दै थापाले जिल्लाबाट इ–पासपोर्टको सिफारिससमेत बन्द गरिने बताउनुभयो । अहिले राहदानी विभागसहित उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयले ई–पासपोर्ट जारी गर्दै आएका छन् । जिल्लामा साउनदेखि मङ्सिर पहिलो सातासम्म दुई हजार ६२० पुरुष तथा एक हजार ४०८ महिला गरी चार हजार २८ जले राहदानी लिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51