April 20, 2025

एमालेको सातै प्रदेशमा अध्यक्ष निश्चित, बागमतीमा पाण्डे

December 12, 2021
- ADVERTISEMENT -

काठमाडौं / नेकपा एमालेले सात वटै प्रदेशका अध्यक्ष तोकेको छ । एमालेको भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षका लागि अध्यक्ष केपी शर्मा ओलीले सात जनाको नाम पढेर प्रस्ताव गरेका थिए । ती नामबारे छलफलपछि पारित भएका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
पार्टीको प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशव राज पाण्डे, गण्डकीको नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी रहेका छन् ।
त्यस्तै उपत्यका विशेषमा प्रेम पराजुली रहेका छन् । एमालेले यसअघि ४४ जन ाकेन्द्रीय सदस्य मनोनित गरेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गरेका थिए । सबैलाई केन्द्रीय कमिटी बैठकले मनोनीत गरेको हो ।
विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट ९ै जना मनोनीत गरिएको एमालेले जानकारी दिएको छ ।

- ADVERTISEMENT -