नवलपुर / चितवन राष्ट्रिय निकुञ्जका एकसिंगे गैंडा बस्तीमा पस्दा स्थानीयमा त्रास फैलिएको छ । निकुञ्ज आसपासका स्थानमा गैंडा पसेर सास्ती दिने गरेको पाइएको छ । सोही मध्ये मध्यबिन्दु नगरपालिका ३ स्थित ब्रह्मस्थान, लेडा, ईटौरा क्षेत्र पनि रहेका छन् । गैंडाकै कारण स्थानीयहरुले वर्षेनी सास्ती खेप्दै आएका छन् ।
गैंडाकै कारण सयौँ बिघा जमिनमा लगाइएको बालीनाली सखाफ भएको छ । जंगली गैंडा गाउँमै पसेर मानिसलाई आक्रमण गर्न थालेपछि स्थानिय निकै त्रसित भएका छन । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने नन्द भाउजु उपभोक्ता समितिलाई स्थानीयले अनुरोध पत्र समेत बुझाएका छन् ।
स्थानिय ब्रह्मस्थान गाउँका सुभाष नेपालका अनुसार बालीनाली त परै जावस् ज्यान जोगाउनै गाह्रो भएको पीडा छ । निकुञ्जले मध्यवर्ती क्षेत्रको आसपासमा विद्युतीय तार बिस्तार गरेपनि उक्त तार ठाउँठाउँमा चुडिएकोले गैँडा सजिलै गाउँ पस्ने गरेको छ । वन्यजन्तुलाई गाउँ पस्नबाट रोक्न विद्युतिय तारबार प्रभावकारी नभएको स्थानियवासीको भनाइ छ ।
निकुञ्ज आसपासका गाउँमा बर्षेनी गैंडाले ठूलो जनधनको क्षती गर्दै आएको भएपनी निकुञ्जले जंगली जनावरबाट हुने क्षती रोक्न कुनै दिर्घकालिन योजना नबनाएको स्थानीयबासीको आरोप छ । समस्याको सावधान तत्काल हुननसके बन्यजन्तु पीडित स्थानीयहरुले आफ्नो जिउधन रक्षाको लागि थप सशक्त आन्दोलनका कार्यक्रम अगाडि बढाउने भएको छ ।
गत बिहीवार पनि गैंडाको आक्रमणबाट कावासोती–१५ शेरगञ्जका ६५ वर्षीय रेशमलाल महतको मृत्यु भएको थियोे । आफ्नै घर नजिकको चउरमा बसिरहेका अवस्थामा उनलाई मध्यवर्ती क्षेत्रबाट आएको गैंडाले एक्कासी आक्रमण गरेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

मध्यविन्दुमा दिउँसै गैंडा पस्यो, स्थानीय त्रसित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -













