April 22, 2025

आदिवासी जनजाति आयोगद्वारा वार्षिक प्रतिवेदन पेश

December 13, 2021
- ADVERTISEMENT -

हेटौंडा / आदिवासी जनजाति आयोगले बागमति प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई वार्षिक प्रतिवेदन २०७७/७८ बुझाएको छ । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर नेतृत्वको टोलीले हेटौंडा १०, स्थित प्रदेश प्रमुखको कार्यालयमा आयोगको वार्षिक प्रतिवेदन बुझाएको हो ।
टोलीमा सदस्य सुर्यबहादुर गुरुङ, सचिव भोला दाहाल लगायत रहेका थिए । यसैबिच, आदिवासी जनजाति आयोगका अध्यक्ष मगर, सदस्य गुरुङले मकवानपुरका आदिवासी जनजाति संस्थाका प्रतिनिधिसँग छलफल गरेका छन् । आदिवासी जनजातिको अबस्था, समस्या र जनगणनाबारे आयोगको एक टोलीले चाँडै मकवानपुरको चेपाङ जातिको अध्ययन गर्ने समेत बताईएको छ ।
सडक, खानी लगायतका कारण आदिवासी जनजातिको बसोबास उठाउने कार्यविरुद्ध उजुरी दिन आयोगका सदस्य गुरुङले आग्रह गरे । नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

- ADVERTISEMENT -