चितवन / चितवनको बेलचोकमा जारी महायज्ञको दोश्रो ९ लाख नगद र एक लाख जिन्सी संकलन भएको छ । मानव सेवा आश्रम भवन निर्माणार्थ महायज्ञको दोश्रो दिन उक्त रकम र जिन्सी संकलन भएको आश्रमका संयोजक रामजी अधिकारीले जानकारी दिए ।
पहिलो दिन प्राप्त भएको प्रतिबद्धताको रकम निरन्तर प्राप्त भइरहेको उनले बताए । उनका अनुसार पहिलो दिन १५ कोठा निर्माणका लागि प्रति कोठा ५ लाख ११ हजार १११ रुपैयाँ र दुईवटा हल निर्माणका लागि प्रति हल १० लाख ११ हजार १११ रुपैयाँको प्रतिबद्धता भएको हो । पहिलो दिन ३६ हजार रुपैयाँ संकलन हुँदा दोश्रो दिन १३ लाख रुपैयाँ संकलन भएको उनको भनाइ छ ।
आश्रमले सडकपेटी र सार्वजनिक स्थलहरुमा अत्यन्तै कष्टपूर्ण जीवनयापन गर्न बाध्य परिवारविहीन, बेवारिसे, अशक्त, असहाय मानसिक तथा शारीरिक रुपमा कमजोर व्यक्तिहरुको उद्धार, उपचार, परामर्श र पारिवारिक पुनर्मिलन गर्दै आइरहेको छ । पुनर्मिलन हुन नसकेकाहरुको लालनपालन, संरक्षण र औषधोपचार गर्दै आइरहेको उनले भने ।
उद्धार गरिसकेका व्यक्तिहरुको पारिवारिक पुनर्मिलन नहुन्जेल र पारिवारिक पुनर्मिलन हुन नसक्नेहरुको दीर्घकालिन व्यवस्थापनका लागि हाल भरतपुर–३, बेलचोकमा मानव सेवा आश्रमको भवन निर्माणको लागि महायज्ञ गरिएको हो । महायज्ञ पुस ४ गतेसम्म संचालन हुनेछ ।
हेटौंडाबाट २०६९ सालदेखि सुरुवात भएको आश्रमको भरतपुर महानगरपालिका वडा नं. १०, बाइपास रोडमा घर भाडामा लिएर शाखा सञ्चालनमा रहेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा महायज्ञको दोश्रो दिन ९ लाख नगद संकलन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -












