Opens in a new tab
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काभ्रेका राम लामा कम उमेरमै ‘पिएचडी’

प्रकाशित मिति : २०७८ पुष २ गते

काभ्रे / मेहनत, लगनशीलता र मौका पाए शिक्षामा अब्बल बन्न सक्छ भन्ने कुरा काभ्रेका राम लामाले प्रमाणित गरेका छन् । ग्रामीण क्षेत्रबाट शिक्षा आर्जन गर्न शुरु गरेका लामाले काठमाडौं विश्वविद्यालयबाट विद्यावारिधी (पिएचडी) गरेर प्रमाणित गरेका छन् ।
काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ७ मादनकुँडारीका लामाले काठमाण्डौँ विश्वविद्यालयमा कम उमेरमै विद्यावारिधी गर्ने रेकर्ड राख्दै विश्वविद्यालयको २७ औँ दीक्षान्त समारोहमा उनले सबैभन्दा कम उमेरमा विद्यावारिधी गर्ने रेकर्ड राखेको छन् ।
२७ औं दीक्षान्त समारोहबाट राम लामा सहित रोहितकुमार मिश्र, लिना गुरुङ, सुशिला श्रेष्ठ, श्रीकृष्ण वाग्ले, रविनराज निरौला, पारसमणी तिमल्सिना, दिपकप्रसाद बास्तोला, दिवाकर विष्ट, सञ्जय हमाल, रेवतकुमार ढकाल, देवेन्द्रप्रसाद अधिकारी, श्रीकृष्ण वाग्ले र दिपक खनाललाई सहकुलपति देवेन्द्रराज पौडेलले पिएचडीको उपाधि प्रदान गरेका थिए ।
यी मध्ये राम लामाले ३१ बर्षकै उमेरमा पिएचडीको उपाधि हासिल गरेका हुन् । हाईड्रोपावर मेकानिकल ईञ्जिनियर विषयमा पिएचडीको उपाधि हासिल गरेका लामाले नर्वेजियन दुतावासको छात्राबृत्तिमा विशिष्ट श्रेणीमा पिएचडी उपाधि हासिल गरेका हुन् ।
‘मैले मेकानिकल ईञ्जिनियरिङमा पिएचडी उपाधि हासिल गरेको हुँ । काठमाण्डौ विश्वविद्यालयको २७ औँ दीक्षान्त समारोहबाट पिएचडी उपाधि हासिल गर्नेमा म सबैभन्दा कान्छो उमेरको हुँ । यो दीक्षान्त समारोहबाट पिएचडी उपाधि हासिल गर्नेमा कोहि त मेरा गुरुहरू नै हुनुहुन्छ ।’ लामाले भने ।
लामाले मादन कुँडारीको तत्कालिन स्वस्थानी निम्न माध्यामिक विद्यालबाट कक्षा ८ उत्तीर्ण गरेर सिर्जनशील जनता माध्यामिक विद्यालय मार्फत २०६२ सालमा एसएलसी पास गरेका थिए । दुर्गममै एसएलसी पास गरेका लामा काठमाडौं विश्वविद्यालयमा आइएससी अध्ययनका लागि भर्ना भएका थिए ।
काठमाडौं विश्वविद्यालयबाट आइएससी र हाइड्रोपावर, मेकानिकल ईञ्जिनियरिङमा स्नातक गरेका लामाले स्नातकोत्तर भने भारतको जवहरलाल नेहरू टेक्निोलोजिकल विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा उत्तीर्ण गरेका थिए । जलविद्युत आयोजनाको विकासको क्रममा दूई बर्षको अनुभव समेत संगालि सकेका लामाले स्नातकोत्तरमा मेकानिकल ईञ्जिनियरिङ अध्ययनको लागि भारतीय दुतावासको छात्राबृत्ति पाएका थिए ।
सबै उच्च शिक्षा छात्राबृत्तिमा अध्ययन गरेका लामा अहिले काठमाडौं हाईड्रो सोलुशन प्रा.लि र काठमाडौं ईलेक्ट्रिक प्रा.लिको कार्यकारी अध्यक्ष हुन् । यहि कम्पनी मार्फत जलविद्युत आयोजनाहरूमा काम गर्दै आएको लामाले बताए । लामा त्यसबाहेक काठमाडौं विश्वविद्यालयमा एकेडेमिय इन्डष्ट्रि कोअपरेशन विभागका संयोजकको रूपमा पनि कार्यरत छन् ।
राम र लक्ष्मण च्याङबा तामाङ र कमिस्या तामाङको जुम्ल्याहा सन्तान हुन् । २०६९ सालमा काठमाडौं विश्वविद्यालयबाट दाजु राम लामाले मेकानिकल र भाइ लक्ष्मण लामाले इन्भारोमेन्टल इञ्जिनियरिङमा स्नताक गरेका थिए ।
हाल दुवै जनाले आफुहरू बाल्यकालमा गरेको विद्यालय स्वस्थानी माध्यामिक विद्यालय र सिर्जनशील जनता माविमा कक्षा ७, ८ र ९ का विज्ञान, गणित र अंग्रेजी विषयमा धेरै अंक ल्याउने मध्ये ३÷३ जनालाई पुरस्कृति गर्ने उद्देश्यले २०७७ सालबाट ‘जुम्ल्याहा इञ्जिनियर राम÷लक्ष्मण लामा विज्ञान तथा प्रविधि पुरस्कार–२०७७’ स्थापना गरी बार्षिक २० हजारका दरले कोष खडा गरी पुरस्कृत गर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.05
173.72
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
186.06
186.79
Australian Dollar
1
107.90
108.32
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
120.62
121.09
Japanese Yen
10
9.76
9.79
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.12
41.28
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
42.06
42.22
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.57
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.68
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.06
410.64
Omani Rial
1
401.24
402.80