April 20, 2025

फिलिपिन्समा राइ आँधीबाट हजारौं विस्थापित

December 17, 2021
- ADVERTISEMENT -

काठमाडौँ / दक्षिणी फिलिपिन्समा तीव्र गतिमा विकसित आँधीका कारण हजारौं मानिसलाई सुरक्षित क्षेत्रतर्फ सारिएको छ। राइ नाम दिइएको सो आँधी जमिनमा ठोकिनुअघि हजारौं मानिसलाई सुरक्षित क्षेत्रतर्फ सारिएको हो । आँधी आउनुअघि मिन्डानाओको सुरिगाओबाट ५१ हजार, पूर्वी प्रान्त समारबाट ३० हजार र दक्षिणी तटीय शहर तानडागबाट ३६ सय ६८ परिवारलाई सुरक्षित क्षेत्रतर्फ सारिएको हो ।
तीव्र रुपमा विकसित आँधी मध्ये फिलिपिन्स र दक्षिणी सुरिगाओ प्रान्ततर्फ बढिरहेको त्यहाँको मौसम विभागले जनाएको छ। आँधीका कारण जनधनको क्षति हुनसक्ने भएकाले त्यहाँको सरकारले नागरिकहरुलाई सुरक्षित स्थानतर्फ सार्नुको साथै सचेत रहन आग्रह गरेको छ ।

- ADVERTISEMENT -