April 30, 2025

नदीजन्य पदार्थ उत्खनन गर्ने पाँच सवारी नियन्त्रणमा

December 21, 2021
- ADVERTISEMENT -

चितवन / चितवनमा अवैध रुपमा नदीजन्य पदार्थ ओसार पोसार गर्ने पाँच वटा सवारीलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी जुगेडीबाट खटिएको प्रहरी टोलीले मंगलबार जुगेडीबाट एक वटा स्काभेटर र २ वटा टिफर नियन्त्रणमा लिएको छ भने ईलाका प्रहरी कार्यालय रामनगरबाट खटिएको प्रहरी टोलीले २ वटा टिपर रामनगर एरियाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् र ओसार पोसार गर्ने सवारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता नरहरी अधिकारीले बताए ।
नियन्त्रणमा लिइएका सवारीलाई आवश्यक कारबाहीका लागि सम्बन्धीत निकायमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

- ADVERTISEMENT -