२०८२ माघ ४, आईतवार
January 18, 2026
२०८२ माघ ४, आईतवार
January 18, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा समाजबादीको निर्वाचन केन्द्रित अभियान

प्रकाशित मिति : २०७८ पुष ६ गते
- ADVERTISEMENT -

चितवन / नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी चितवनले निर्वाचन अभियान चलाउने भएको छ । जिल्ला कमिटीको मंगलवार सम्पन्न दोस्रो पूर्ण बैठकले आगामी तीनै तहको निर्वाचनलाई केन्द्रीत गरेर अभियान चलाउने निर्णय गरेको जिल्ला सचिव कुलप्रसाद लामिछानेले जानकारी दिए ।
सो पार्टीले निर्वाचन केन्द्रीत प्रचार प्रसारलाई तीब्र बनाउने, संगठित सदस्य बृद्धि,जनबर्गीय संगठन निर्माण गर्ने निर्णय गरेको छ । बैठकले कम्तिमा एउटा वडामा १०० जना संगठित सदस्य बनाउने र संगठित सदस्यहरुले नै गाउँ,वडा र नगरमा निर्वाचन केन्द्रिीत गतिविधि गर्ने निर्णय भएको सचिव लामिछानेले जानकारी दिए । बैठकमा हाल सम्म भएका कामको समीक्षा गर्दै कार्ययोजना पारित तथा कार्यविभाजन गरेको छ ।
बैठकमा जिल्लाका सात वटा पालिकाका इन्चार्ज र अध्यक्षहरु तथा जनबर्गीय संगठनका अध्यक्षहरुले पार्टी गतिविधिको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । बैठकले आगामी तीनै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन हुने र एमालेलाई तीनै तहको निर्वाचनमा पराजित गर्ने गरी तयारीमा लाग्ने निर्णय गरेको छ ।
पार्टीका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश कमिटीका इन्चार्ज केदार न्यौपाने प्रमुख अतिथि रहेको सो कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनाल,केन्द्रीय सदस्य सुर्यप्रसाद लामिछाने,प्रदेश कमिटी सदस्य बाबुराम पाठक सहितका नेताहरुको सहभागिता रहेको थियो । जिल्ला अध्यक्ष डा।कृष्णराज पन्तको अध्यक्षतामा भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -