April 20, 2025

एमाले अवरोध : बागमती प्रदेशसभा बैठक स्थगित

December 22, 2021
- ADVERTISEMENT -

मकवानपुर / बागमती प्रदेशसभाको बैठक बिहिबारसम्मका लागि स्थगित भएको छ । बुधबार झण्डै २ घण्टा ढिला गरी बसेकोे प्रदेशसभा बैठक नेकपा एमालेको विरोधका कारण बिहिबारसम्मको लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सचिवलायका अनुसार, बुधबार बोलाएको प्रदेशसभा बैठकमा एमाले सांसदहरुले भागबण्डा मिलाउन ८ वटा मन्त्रालयलाई १४ वटा बनाएर प्रदेशकै बदनाम गरेको भन्दै अवरोध गरेका थिए । बैठकमा पूर्व मुख्यमन्त्री डोरमणि पोडेलले पार्टीका तर्फबाट धारणा राख्दै वर्तमान सरकारले अनावश्यक रुपमा मन्त्रालय फुटाएर आठबाट १४ पुर्याएकोमा आपत्ति जनाए । साथै उनले अघिल्लो सरकारले ल्याएको महत्त्वपूर्ण योजनाहरु कटौती गरेकोमा पनि सरकारको विरोध गरे ।
मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको प्रदेश सरकारले अघिल्लो सरकारले अघि सारेको दुई योजना विद्युतीय बस खरिद सम्झौता र सुरुङ मार्ग निर्माणको योजना बजेट अभाव भन्दै हटाएको थियो । एमाले सांसदहरुले उक्त निर्णय फिर्ता हुनुपर्ने भन्दै बैठक अवरुद्ध गरेपछि सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक बिहिबार बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका हुन् ।

- ADVERTISEMENT -