२०८२ माघ ४, आईतवार
January 18, 2026
२०८२ माघ ४, आईतवार
January 18, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपाल औषधि लिमिटेडले थप १३ वटा औषधि उत्पादन गर्ने

प्रकाशित मिति : २०७८ पुष ८ गते
File photo.
- ADVERTISEMENT -

काठमाडौं / सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले थप १३ वटा औषधि उत्पादन गर्ने तयारी गरेको छ । लिमिटेडले विभिन्न संक्रमणमा प्रयोग हुने एन्टीबायोटिक, गर्भवती र बच्चालाई स्तनपान गराउँदा रगतको कमीबाट हुने रोगबाट बचाउने औषधि लगायत थप १३ वटा औषधि उत्पादन गर्ने तयारी गरेको हो ।
उत्पादन अनुमतिका लागि करिब ६ महिना अघि औषधि व्यवस्था विभागमा फाइल पठाइएको लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले जानकारी दिए । विभागले अनुमति दिएको एक महिनामा औषधि उत्पादन सुरु गरिने उनको भनाई छ ।
यी हुन् औषधि लिमिटेडले उत्पादन गर्न लागेका औषधिहरु : १. एजिथ्रोमाइसिन २५० एमजी (ट्याबलेट), २. एजिथ्रोमाइसिन ५०० एमजी (ट्याबलेट), ३. सिप्रोफ्लक्सासीन २५० एमजी (ट्याबलेट), ४. सिप्रोफ्लक्सासीन ५०० एमजी (ट्याबलेट), ५. मेट्रोनिडाजोल २०० एमजी (ट्याबलेट), ६. मेट्रोनिडाजोल ४०० एमजी (ट्याबलेट), ७. मेट्रोनिडाजोल प्लस डिलोक्सनाइन (ट्याबलेट), ८. अल्बेन्डाजोल ४०० एमजी (ट्याबलेट), ९. ट्याबलेट फोलिक एसिड ०.४ एमजी, १०. ट्याबलेट आइरन प्लस फोलिक एसिड, ११. हेमोलायलासिस ए
१२. हेमोलायलासिस बी, १३. ट्याबलेट सेट्रिजेन

- ADVERTISEMENT -
- ADVERTISEMENT -