April 22, 2025

पछिल्लो २४ घण्टामा थप १६७ मा कोरोना संक्रमण पुष्टि

December 25, 2021
- ADVERTISEMENT -

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २८३ पीसीआर परीक्षणमा १५७ जना र २ हजार १६४ एन्टिजेन परीक्षणमा १० जना गरी १६७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएका छन् भने २२६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ९७८ रहेको छ । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १० हजार ४९७ जना सङ्क्रमणमुक्त भइसकेका छन् भने ११ हजार ५८३ जनाको संक्रमणबाट मृत्यु भएको छ । नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ५५ हजार ४५८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म २ करोड ३० लाख ९५ हजार ६४७ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ९९ लाख ८५ हजार ५६८ जनाले पूर्ण मात्रा र १ करोड ३१ लाख १० हजार ७९ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।

- ADVERTISEMENT -