२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पोलियो अभियानमा ३२ लाख बढी आर्थिक संकलन

प्रकाशित मिति : २०७८ पुष १२ गते
- ADVERTISEMENT -

चितवन / रोटरी डिष्ट्रिक्ट ३२९२ अन्तर्गत रिजन ६ ले आईतबार साँझ यहाँ आयोजना गरेको पोलियो अभियान सहयोग कार्यक्रममा रु ३२ लाख २३ हजार आर्थिक संकलन गरेको छ । कार्यक्रममा नारायणी कला मन्दिरका कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । सो अवसरमा सहभागी रोटरियनहरुले पोलियो मुक्त अभियानका लागि स्वतस्फूर्त आर्थिक सहयोग गरेका हुन ।
विश्वबाट पोलियो उन्मुलनको लागि रोटरी क्लबहरुले अन्तर्राष्ट्रिय स्तरमा अभियान सञ्चालन गर्दै आएको छ । रिजन ६ का पोलियो चेयर बिपिन पोख्रेलको संयोजकत्वमा यस क्षेत्रका १४ वटा क्लबको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । सो अबसरमा डिष्ट्रिक्ट गभर्नर सन्तोष रिजाल, पूर्ब डिष्ट्रिक्ट गभर्नर रबिन्द्र कुमार पिया, सञ्जय गिरि, किरणलाल श्रेष्ठ, जोन २९ का असिस्टेन गभर्नर तथा पोलियोका सल्लाहाकार शरदगोपाल न्याछ्यो लगाएतले पोलियो नियन्त्रण अभियानमा सबै एक जुट हुनु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा जोन ३० का असिस्टेन गभर्नर नारायण प्रधान, ३१ का असिस्टेन गभर्नर ज्ञानकृष्ण प्रजापती, डिस्ट्रिक्ट पोलियो चेयर सिता रुपाखेती, जोन २ का असिस्टेन गभर्नर भरतकुमार श्रेष्ठ लगाएतको कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक पोख्रेलले २० हजार डलर आर्थिक सहयोग संकलन गर्ने लक्ष्य राखिएको भए पनि २६ हजार ४ सय २६ अमेरीकि डलर अर्थात रु ३२ लाख भन्दा वढि संकलन भएको बताउनुभयो ।
रोटरी क्लब अफ रत्ननगरका पूर्ब अध्यक्ष समेत रहनु भएका पोख्रेलले अहिले पनि पाकिस्तान र अफगानिस्तानमा पोलियो देखिएकाले बिश्वबाटै उन्मुलनका लागि सबै रोटरियनहरु यो अभियानमा जुटेको बताउनुभयो । सन् १९८२ बाट रोटरियनहरुले पोलियो उन्मुलनका लागि काम गरिरहेका रिजन ६ का ट्रेनिङ कमिटि चेयर निरञ्जन प्रधानले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -