April 30, 2025

‘सहकारीको मुल नीति नै छरिएर रहेको पुंँजीलाई संकलन गर्नु हो’

December 27, 2021
- ADVERTISEMENT -

चितवन / सुनचांँदी बचत तथा ऋण सहकारी संस्था (साकोस) ले ९औं साधारण सभा सम्पन्न गरेको छ ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्क्सुन) का केन्द्रिय अध्यक्ष तथा प्रमुख अतिथि शान्ति अधिकारीले यस साकोससंँग सुरुवाती क्षणबाटै आफू नजिकिएको र हरेक गतिविधि नियालिरहेको बताइन् । सहकारीमा शेयरभन्दा बचतको अनुपात कम भएकोले बचत बढाउनुपर्ने उनको भनाइ थियो ।
सहकारी अब शहर केन्द्रित मात्र नभई साना साना पुंँजी संकलन गर्न सातै पालिकामा संकलन काउण्टर राख्नुपर्नेमा उहांँले जोड दिनुभयो । ‘अब सहकारी शहर केन्द्रित मात्र हुनुहुदैन उहांँले भन्नुभयो, कित कलेक्सन काउन्टर हुनुपर्यो कित कलेक्टर राख्नुपरयो ।’
सहकारीको मुल नीतिनै छरिएर रहेको पुंँजीलाई संकलन गर्नु रहेकोले पनि यसतर्फ सहकारीको ध्यान जानुपर्नेमा अधिकारीले जोड दिनुभयो । सहकारीको सफलताको लागि महिलाको सदस्य बढाउनुका साथै प्रविधिमैत्री कारोवार हुनुपर्ने आजको आवश्यकता रहेको अधिकारीको भनाई थियो । सो अवसरमा बोल्दै जिल्ला सहकारी संघका सञ्चालक बास्तोलाले व्यवसायीलाई अघि बढाउन र साना व्यवसायीलाई स्थापित गर्न सहकारीको भूमिका उल्लेखनीय रहने बताउनु भयो ।
सहकारीले दैनिक बचतका साथै ऐच्छिक बचतलाई पनि प्राथमिकतामा राखी पुंँजी एकीकृत गर्नुपर्ने उहांँको भनाई थियो । जिल्ला बचत तथा ऋण सहकारी संघ,चितवनका अधयक्ष हरिशचन्द्र सुवेदीले हरेक बर्षको साधारण सभामा सहकारीले भएका कामको समीक्षा गर्ने, नयांँ योजना बनाउने दिन रहेको भन्दै सहकारी नीति र विधिमा चल्नुपर्ने बताउनु भयो । सहकारी व्यवसायीमुखी र उत्पादनमुखी हुनुपर्ने भन्दै उहांँले सहकारीलाई विश्वसनीय संस्थाको रुपमा स्थापित गराउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै सुनचांँदी व्यवसायी महासंका वरिष्ठ उपाध्यक्ष रसाइलीले सुनचांँदी व्यवसायमा यो सहकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । हाल विना धितो सहकारीले शेयर सदस्यलाई २० लाख रुपैंया ऋण उपलब्ध गराउंँदै आएको भन्दै रसाइलीले यसलाई बृद्धि गरी ५० लाखसम्म पुरयाउनुपर्नेमा जोड दिनुभयो ।
सहकारी चुस्त दुरुस्त पारदर्शी हुनुपर्ने भन्दै उहांँले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो । सुनचांँदी साकोसका संस्थापक अध्यक्ष एवं सुनचांँदी व्यवसायी संघका उपाध्यक्ष विपिन रामुदामुले यो सहकारी स्थापना भएदेखि व्यवसायीलाई बैंकको झन्झटिलो प्रणालीबाट मुक्त हुन मदत पुगेको बताउनु भयो । संस्थाको विकास भएमात्र सबैको विकास हुने भन्दै उहांँले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा सुनचांँदी व्यवसायी संघ, चितवनका अध्यक्ष विश्वकर्माले सुनचांँदी व्यवसायी संघ सहकारीको संस्थाको अभिभावक संस्था भएको भन्दै यसले लगानी परिपूर्ति गर्न सहज भएको बताउनु भयो ।
सुन वितरणमा गुनासो आएको भन्दै उहांँले जुनसुकै संस्था चलाउन पनि इमान्दार, योग्य नेतृत्व हुनुपर्ने बताउनु भयो । सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य चित्र बहादुर खातीले सुनचांँदी व्यवसाय र सहकारी एउटा सिक्काको दुईपाटा भएको औल्याउंँदै सहकारी र सुनचांँदीको सम्बन्ध नङ्ग र मासुको जस्तै भएको बताउनु भयो । कार्यक्रममा सुनचांँदी व्यवसायमा आवद्ध अग्रज व्यवसायी ज्ञानेन्द्रमान शाक्य, ईश्वरलाल रामुदामु, यम बहादुर विक लगायत अन्य व्यवसायी, सुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका सभापति संस्थाका अध्यक्ष बाबुराम रामुदामुले बार्षिक गतिविधि , प्रगति प्रतिवेदन लगायतका विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संयोजक तथा संस्थाका उपाध्यक्ष रुवीन रामुदामुले धन्यवाद सहित कार्यक्रमकोसमापन गर्नुभएको थियो भनेसंस्थाका सचिव टुलकप्रसाद विश्वकर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

- ADVERTISEMENT -