Opens in a new tab
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

महाबौद्ध गुम्बामा सांस्कृतिक प्रतियोगितासहित ल्होसार पर्व मनाइने

प्रकाशित मिति : २०७८ पुष १३ गते

चितवन / भरतपुर बाइपासरोडस्थित महाबौद्ध गुम्बामा गुरुङ समुदायको महान पर्व ल्होसार भव्यसाथ मनाउने तयारी भएको छ । कोभिड महामारीको जोखिम कायम नै रहेकोले यसपटक एकदिन अर्थात पुष १५ गते मात्रै पर्व मनाइने तयारी भएको आयोजक तमू ह्युल छोँज् धीँ गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष गणेश गुरुङले जानकारी दिए ।
गुरुङ समुदायको भाषा, संस्कृति र संस्कारको संरक्षण गर्न तमू ल्होसार पर्व मनाइने भएको हो । यो वर्ष सांस्कृतिक प्रतियोगिता सहित मनाउने गरी तयारी तीव्र पारिएको उनले बताए । गुरुङ जातीको नयाँ वर्ष समेत सुरु भई गाई वर्गको विदाई र बाघ वर्गको स्वागत गर्ने भएकाले कार्यक्रम भव्य हुने साथै गुरुङ भाषा भेषभुषा सहितको सांस्कृतिक प्रतियोगिता राखिएको गुरुङले बताए ।
चितवन जिल्लाभरका गरी करिव १५ समूहको प्रतियोगितामा सहभागीता हुने र अहिलेसम्म १० समूहले नाम दर्ता गराइसकेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्धितीय हुनेलाई ७ हजार, तृतीय हुनेलाइ ५ हजार र सान्तवता हुने दुइ समूहलाई २÷२ हजारका दरले पुरस्कृति गरीने गुरुङले जानकारी दिए । प्रतियोगितामा गुरुङ समुदायको भेषभुषा,भाषा, शब्द आदिलाई प्राथमिकतामा राखेर निर्णायकहरुले दिएको नम्वरका आधारमा विजेता छनौट गरिनेछ ।
त्यस्तै जयबुद्ध अस्पतालको सहयोगमा निशुल्क स्वास्थ्य परीक्षण समेत गरिने आयोजकले जानकारी दिएको छ । साथै सोही दिन जयवुद्ध अस्पतालको सहयोगमा निशुल्क स्वास्थ्य परीक्षण, छेलो फ्याँक्ने,रस्साकस्सी,घैँटो फुटाई प्रतियोगिता समेत आयोजना गरिएको आयोजकले जनाएको छ। तयारीस्वरुप गुम्बामा सजिसजावट र लुङ्दा टाँग्ने कार्य समेत गरिनेछ ।
सो अवसरमा विभिन्न राजनीतिक दलको नेतृत्व तहमा गुरुङ समुदायबाट पुग्नुभएका व्यक्तिहरुलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको सचिव भैँखु गुरुङले जानकारी दिनुभयो। कार्यक्रम सम्पन्न गर्न १ लाख ४३ लाख रुपैया लाग्ने अनुमान गरिएको छ । कार्यक्रमको बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गर्ने तय भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.05
173.72
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
186.06
186.79
Australian Dollar
1
107.90
108.32
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
120.62
121.09
Japanese Yen
10
9.76
9.79
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.12
41.28
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
42.06
42.22
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.57
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.68
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.06
410.64
Omani Rial
1
401.24
402.80