काठमाडौं / नेपालीहरुको चाड मध्ये पुस १५ पनि एक हो । आजको दिन नेपालीहरुले विशेषगरी लटट्े, तरुल, सखरखण्ड, फर्सी, पिँडालु लगायत भोजनका विभिन्न परिकारहरु तयार गरी पुस १५ मनाउने चलन छ ।
आजको दिन परिवार, समाज, समुदायका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ ।
विशेषगरी सुदूरपश्चिमका नागरिक कसैले पनि काम नगर्ने तथा आफ्नो फुर्सद निकाली रमाइलो गर्ने चलन छ । गहुँ छरिसकेपछि गाउँघरतिर पूर्ण फुर्सदिलो महिनाका रूपमा हेर्न सकिन्छ पुस महिनालाई । पुस पन्ध्रको लामो रातलाई कतैकतै कुनिकेउली खाने पर्वका रूपमा पनि लिइने गरिन्छ । सुदूरपश्चिममा मनाइने पुसे पन्ध्रलाई स्वतन्त्रताको प्रतिकका रूपमा लिने चलन छ ।
घरघरबाट विभिन्न परिकार बनाउन सामग्री लिएर एक ठाउँमा जम्मा भई पकाउने र बाँडीचुँडी खाने चलनलाई यहाँ पुसे पन्ध्र भन्ने गरिन्छ । रातभर विभिन्न पौराणिक र लोककथा, गाउँखाने कथा सुन्ने, सुनाउने साथै गीत–सङ्गीतको समेत भरपुर आनन्द लिने पर्वका रूपमा हेर्न सकिने भएकाले आजको दिनलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।
पूर्वजका पालाका पौराणिक कथाहरूलाई एक पिँढीबाट अर्को पिँढीमा सम्झिँदै अनि सम्झाउँदै र सुन्दै वा सुनाउँदै यो पर्व मनाउँदै आइएको छ ।
‘पुसे पन्ध्र’ आज, देशैभर हर्षोल्लासका मनाइँदै
December 30, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
