काठमाडौं / दुर्लभ वन्यजन्तु रेडपाण्डाको सिंगो शरीर समेतको ४ थान छालासहित ४ जना पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौं बसुन्धारास्थित द मयूर क्याफेबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं गोंगबु बस्ने धादिङ गंगाजमुना गाउँपालिका–७ घर भएका ३९ वर्षीय निरबहादुर घले, काठमाडौं कलंकी बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी गाउँपालिका–१३ घर भएका २५ वर्षीय सुरेश गिरी, काठमाडौं टोखा बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भएका ३१ वर्षीय कृष्ण बहादुर तामाङ र काठमाडौं स्वयम्भू बस्ने ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–२ घर भएका २९ वर्षीय मोहनकर्ण कार्की रहेका छन् ।
बसुन्धारा क्षेत्रमा केही व्यक्तिहरुले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालाको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले उक्त क्याफेबाट उनीहरूलाई उक्त छाला ३० लाख रुपैयाँमा मोलमोलाई गरिरहेको अवस्थामा फेला पारेको हो ।
उनीहरूलाई बरामद छालासहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
रेडपाण्डाको ४ थान छालासहित ४ जना पक्राउ
December 30, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

उवा संघ–चितवनका सदस्यलाई पुष्पान्जली हस्पिटलको २५ प्रतिशत छुट

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य जारी, २० प्रतिशत सकियो

सर्वोच्चको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान, शिक्षकहरू अझै सडकमा

सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री ओलीले सरकार ढल्न लागेको संकेत गरेपछि …

आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
- ADVERTISEMENT -
