२०८३ भाद्र २, मंगलवार
August 18, 2026
२०८३ भाद्र २, मंगलवार
August 18, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सन् २०२१ आज अन्तिम, वर्षभरिका महत्वपूर्ण २१ घटना

प्रकाशित मिति : २०७८ पुष १६ गते

वासिङ्टन/लन्डन — अंग्रेजी वर्षको आज अन्तिम दिन हो । तदनुसार सन् २०२१ आजबाट बिदा हुँदैछ । समष्टिगत रुपमा यस वर्षलाई पनि कोभिड महामारी, प्राकृतिक प्रकोप र राजनीतिक अनिश्चितताले गाँजेको वर्ष नै सावित भयो । हत्या र आक्रमणका सिलसिलाले पनि विगतमा झैँ निरन्तरता पायो । तर विज्ञान र प्रविधिका क्षेत्रमा भएका उपलब्धि भने स्मरणयोग्य बनेको वर्ष रहेको छ । सन् २०२१ का घटनाक्रम यस्ता छन् :
१) वर्ल्ड ट्रेड अर्गनाइजेसन प्रमुखमा अफ्रिकी महिला
वर्ल्ड ट्रेड अर्गनाइजेसन(डूब्लूटीओ)को नेतृत्वमा यस वर्ष पहिलो पटक अफ्रिकी मूलकी महिला प्रमुख बनिन् । नाइजेरियाको पहिलो महिला अर्थमन्त्री समेत रहेकी नोग्जी ओन्जो इवेला डब्लूटीओको पहिलो अफ्रिकी महिला महानिर्देशक बन्दै इतिहास रचिन् ।
उनी नाइजेरियामा दुई पटक अर्थमन्त्री भएकी थिइन् ।
२) पहिलो पटक करोडौं मूल्यमा डिजिटल आर्टको बिक्री
यो वर्ष पहिलो पटक डिजिटलमा निर्माण गरिएको एक तस्बिर करोडौं मूल्यमा बिक्री भएको छ । माइक विंकलम्यानको ‘एभ्रिडेज: द फस्र्ट ५००० डेज’ बेलायत क्रिस्टिज कम्पनीमा ६ करोड ९३ लाख डलरमा लिलामी गरिएको थियो ।
५ हजार तस्बिरहरुको कोलाज रहेको यो आर्टको भुक्तानी क्रिप्टोकरेन्सीमार्फत भएको थियो ।
३) मानिसलाई आक्रमण गर्ने स्वचालित ड्रोन
आर्टिफिसियल इन्टिलिजेन्स(एआई)ले पहिले पटक द्वन्द्व ग्रस्त क्षेत्रमा गएर ड्रोन हमला भएको वर्षको रुपमा यो वर्ष चिनिएको छ । संयुक्त राष्ट्र संघले मान्यता दिएको त्यहाँका अन्तरिम सरकार र विद्रोही नेता खलिफा हफ्तारका सेनाबीच भइरहेको द्वन्द्वग्रस्त क्षेत्रमा टर्कीको सैन्य ठेकेदावरद्वारा निर्मित कोर्गु–२ ड्रोन त्यहाँ उपस्थित थियो । मानिसले दिने कमान्डका कारण लडाइमा ड्रोनहरु प्रयोग हुने गरेपनि एआई आपैंm द्वन्द्वग्रस्त क्षेत्रमा पुगेको यो घटना पहिलो भएको राष्ट्र संघले जनाएको छ ।
४) रिजिक्स संग्राहलयमा स्थायी रुपमा राखिएको महिलाहरुले बनाएको पेन्टिङ
नेदरल्यान्डसको राजधानी सहर एमस्टर्डमा रहेको राष्ट्रिय संग्राहलय (रिजिक्स संग्राहलय)ले स्थायी रुपमा महिलाले बनाएका तीनवटा पेन्टिङ राखिएको छ ।
संग्रहालयको सबैभन्दा महँगो प्रदर्शनीस्थलमा १७औं शताब्दीमा महिला चित्रकारहरु जुडिथ लेइस्टर, गेसिना टेर बोर्च र राचेल रुवेसले बनाएका पेन्टिङ स्थायी रुपमा राखिएको हो ।
५) तारबिना मानिसको दिमाग र कम्प्युटरबीच जोडियो
मानिसको दिमागमा पहिलो पटक ट्रान्सिमिटर डिभाइजको प्रयोग गरेर कम्प्युटरसँग जोडियो । यसअघि अनुसन्धान गर्दा सेन्सरसँग तार जोडेर कम्प्युटरमा जोडिने गरेपछि ट्रान्समिटरको प्रयोग गरेर कम्प्युटरसँग कनेक्सना गराइयो । ब्रोन विश्वविद्यालयका वैज्ञानिकहरुले मेरुदण्डको नशामा भएको चोटपटकको अध्ययन गर्ने क्रममा पहिलो पटक एक प्यारालाइस भएका व्यक्तिको यो प्रयोग गरे । उनीहरुले प्रयोग गर्दा ती पारालाइसिस भएका व्यक्तिले दिमागमा सोचेको भरमा रोबोटिक लिम्ब्सहरु चलेको थियो । यो अनुसन्धानकै क्रममा भएकाले पूर्णता नपाएको वैज्ञानिकहरुले जनाएका छन् ।
६) नासाको पर्सिभरेन्स रोभरले मंगल ग्रहमा बनायो अक्सिजन
मंगल ग्रहमा रहको नासाको पर्सिभरेन्स रोभरले यो वर्ष त्यही अक्सिन उत्पादन गरेको छ । मंगल ग्रहको वायुमण्डलबाट पर्सिभरेन्सले मोक्सी उपकरणका मद्दतमा अक्सिन उत्पादन गरेको हो । मार्स अक्सिजन इनसिटू रिसोर्स युटिलाइजेसन एक्सपेरिमेन्ट (एमओएक्सआईई) प्रविधिले मंगल ग्रहमा रहेको कार्बन डाआइक्साइडबाट अक्सिजन उत्पादन गर्छ । यो अनुसन्धानकै क्रममा भएकाले भविष्यमा मंगल ग्रहमा हुने ह्युमन मिसनमा यसले सहयोग पुग्ने बताइएको छ ।
७) प्रयोगशालामा निर्मित हिराको व्यावसायिकरण
डेनमार्कको चर्चित ज्वेलरी कम्पनी पन्डोराले यो वर्ष खानीबाट उत्पादिन हिरा प्रयोग नगर्ने भन्दै कृत्रिम रुपमा उत्पादन सुरु गरेको छ ।
पान्डोरोले कृत्रिम रुपमा निर्माण गरेका ज्वेलरीहरु ब्रिटेनमा समेत बिक्री गरिएको थियो । सन् २०२२बाट यसले राम्रो व्यापार गर्ने बताइएको छ ।
८) मेक्सिकोमा पहिलो पटक तेस्रोलिंगी सांसदमा निर्वाचित
यो वर्ष मेक्सिकोमा पहिलो पटक तेस्रोलिंगी सांसद पदमा विजयी भएका छन् । मारिया क्लिमेन्ट गारसिया र साल्मा लिभाना मेक्सिकोको इतिहासमा सांसदमा निर्वाचित पहिलो तेस्रोलिंगीको रुपमा इतिहास रचे । त्यहाँको लोअर हाउसबाट सांसद निर्वाचित भएका हुन् । उनीहरु दुवै सत्तारुढ दलका सांसद पनि हुन् ।
९) तिब्बतमा पहिलो पटक बुलेट रेल
चीनको स्वशासित क्षेत्रमा तिब्बतमा पहिलो पटक विद्युतबाट चल्ने बुलेट रेल यो वर्षको जुनदेखि सञ्चालनमा आयो । ५ अर्ब ६० करोड डलरको यो परियोजना अन्तर्गत तिब्बतको राजधानी ल्हासादेखि न्याङ्चीसम्मको रेलमार्ग जोड्छ ।
२५० माइल लामो यो रेलमार्गमा ४७ टनेल र १२१ वटा पुलहरु छन् । समुद्री सतहदेखि ३ हजार मिटर उचाइमा रहेका यी रेलवे लाइनहरु चल्ने रेलहरुमा स्वचालित सिस्टम अन्तर्गत अक्सिजनको मात्रा कायम गरिएको छ ।
१०) नेशनल जिओग्राफीले पहिलो पटक नयाँ महासागर पत्ता लगायो
विश्व महासगर दिवसको अवसर पारेर यो वर्ष नेशनल जिओग्राफिक सोसाइटीले दक्षिण अन्र्टाकटिकलाई छिटो छिटो फेरो लगाउने छालहरु रहेको पत्ता लगायो ।
सन् १९१५ देखि संसारमा नक्सा प्रकाशन गर्दै आएको यो संस्थाको उक्त कुरालाई वैज्ञानिकहरुले महासगरको रुपमा मान्यता दिए ।
११) अन्तरिक्षमा पुग्ने पहिलो गैर अन्तरिक्षयात्री
अन्तरिक्षमा यसअघि वैज्ञानिक तथा अन्तरिक्षयात्रीहरु मात्रै जाने गर्थे । तर अब त्यो रहेन । यस वर्ष अर्बपति रिचार्ड ब्रान्सन आफ्नै कम्पनीद्वारा निर्मित यानबाट अन्तरिक्षको यात्रा गरे । उनको कम्पनी भजिर्न गालाक्टिकले निर्माण गरेको रकेटमार्फत उनी जुलाईमा अन्तरिक्ष पुगेका थिए । उनी अन्तरिक्ष पुगेको ९ दिनपछि एमाजोन तथा ब्लू ओरिजिनका मालिक जेफ बेजोस आफ्नै कम्पनीले निर्माण गरेको न्यू सेपहर्ड जहाजबाट अन्तरिक्षमा पुगे ।
१२) ब्ल्याक होल पछाडिबाट आएको प्रकाश
ब्ल्याक होलबाट प्रकाश पनि भाग्न सक्दैन । या भनौं कुनै चिज ब्ल्याक होलमा आए त्यो विलिन हुन्छ । यो वर्ष खगोलशास्त्रीहरु पहिलो पटक ब्ल्याक होलको पछाडिबाट प्रकाशहरु बंगिएर आएका थिए । यी प्रकाश पृथ्वीभन्दा ८ सय मिलियन प्रकाश वर्ष टाढा थिए । यसको विस्तृत अध्ययन सम्बन्धीको कुरा नेचर जर्नलमा प्रकासित छ । यो घटनाले पुन अल्बर्ट आइन्सिटाइनको सापेक्षताको सिद्धान्तलाई प्रमाणित गरिदिएको छ ।
१३) संसारको पहिलो थ्री–डी प्रिन्टबाट बनाइएको विद्यालय सञ्चालन
यो वर्ष संसारमा पहिलो पटक थ्री–डी प्रिन्टबाट निर्माण गरिएको विद्यालय सञ्चालनमा आएको छ । यो वर्षो जुलाइमा यो विद्यालय सञ्चालनमा आएको हो । अफ्रिकाको मलावाईमा स्थापना भएको यो विद्यालय १४ वटा रुखबाट निर्माण गरिएको हो ।
बेलायतको एक विकास संस्था र स्वीस कम्पनीको साझेदारीमा यो विद्यालय स्थापना गरिएको हो ।
१४) ग्रिनल्यान्डको उच्च स्थानमा वर्षा
वैज्ञानिकहरुले जलवायु परिर्तनको असरले पार्ने प्रभावबारे चेतावनी दिँदै आएका छन् । ग्रिनल्याान्डको ओरहण क्षेत्र नजिकै क्षेत्र समुद्री सतहदेखि करिब २ माइलमा वर्षा भयो ।
सन् १९८० देखि निगरानी गर्न थालिएयता पहिलो पटक ग्रिन ल्यान्ड क्षेत्रमा वर्षा भएको घटना रकेर्ड भएको हो । यो वर्षको अगस्टमा तापक्रम फ्रिज हुने लेभलभन्दा बढेपछि धेरै घण्टासम्म पानी परेको अमेरिकाको नेशनल स्नो एन्ड आइस डाटा सेन्टरले जनाएको छ ।
१५) एल साल्भोडर बिटक्वाइनलाई राष्ट्रिय मुद्रा बनाउने बन्यो पहिलो मुलुक
यो वर्षको सेप्टेम्बमार एल साल्भोडरले बिट क्वाइनलाई मान्यता दियो । विभिन्न आशंकका बाबजुत यो कानुन पास भएको थियो । अर्थ विज्ञहरुले बिट क्वाइनलाई मान्यता दिदा देशको अर्थ व्यवस्था असन्तुल हुन सक्ने चेतावनी दिएका छन् ।
१६) डाफर डान बने पहिलो पटक सीएफडीएको लाइफटाइम एचिम्भमेन्ट अवार्ड पाउने अस्वेत डिजाइनर
अमेरिकाको फेसन डिजाइनर काउन्सिलले सेप्टेम्बरमा अमेरिकी अस्वेत डिजाइनर डेनियल डे (डाफर डान)लाई सन् २०२१को लाइफ टाइम एचिम्भमेन्ट अवार्ड प्रदान गर्‍यो । हिप हपको क्षेत्रमा लक्जरी फेसन भित्र्याउने श्रेय उनलाई दिने गरिन्छ ।
उनले आफ्ना पसल हार्लेम मार्फत हिपहपमा महँगो फेसन भित्र्याएका थिए । फेसनमा ‘सोलो रनवे सो’ नगरी अवार्ड पाउने व्यक्ति पनि उनी परेका छन् ।
१७) चक्रवातभित्रको पहिलो ड्रोन फुटेज
सेप्टेम्बरमा आएको ‘चक्रवात साम’ आँधीभित्रको पहिलो ड्रोन फुटेज रर्केड भयो । क्याटागोरी–४को यो आँधि १२० माइल प्रतिघण्टाको रफ्तारमा अघि बढेको थियो ।
महासगरहरुमा ड्रोनमार्फत अनुसन्धान गर्ने सेलड्रोनका अनुसन्धानकर्ताले ड्रोनको यो फुटेजको मद्दतबाट आँधीहरु कसरी विकासित हुदै जाने भन्ने जानकारी हासिल हुने छ ।
१८) स्पेस–एक्सको अन्तरिक्ष पर्यटन
अमेरिकी कम्पनी स्पेस एक्सले पहिला पटक अन्तरिक्ष पर्यटनका लागि मानिसहरुलाई अन्तरिक्षमा लग्यो ।
इन्सिपिरेसन–४ मिसन नाम दिइएको यो मिसनमा ४ जना गैर अन्तरिक्षयात्रीहरुले ३ दिन पृथ्वीको कक्षमा ड्रागन क्याप्सुलमा सयर गरेका थिए ।
१९) अमेरिकाबाट पहिलो पटक फ्रान्सेली राजदूत फिर्ता बोलाइयो
अमेरिका र फ्रान्सबीचको कूटनीतिक सम्बन्ध १७७८देखि रहिआएको छ । यी दुई साझेदार मुलुक हुन् । कूटनीतिक सम्बन्ध स्थापना भएपछि पहिलो पटक फ्रान्स अमेरिकासँग यो वर्ष रुष्ट हुँदै आफ्नो राजदूत फिर्ता बोलायो । बेलायत,अमेरिका र अस्ट्रेलियाबीच भएको ‘ओकास’ सम्झौताभएपछि रुष्ट बनेको फ्रान्सले आफ्नो राजदूत फिलिप एटियनलाई अमेरिकाबाट फिर्ता बोलाएको थियो । यो सम्झौता अनुसार अस्ट्रेलियालाई परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी उपलब्ध गराइने उल्लेख छ । उक्त सम्झौतापछि अस्ट्रोलियाले फ्रान्ससँगको ५० अर्ब अस्ट्रेलिलियन डलरबरबाबरको रक्षा सम्झौता रद्द गरेको थियो ।
२०) डिजेलबाट चल्ने सवारी भन्दा विद्युतीय सवारीको बिक्री
वर्षको सेप्टेम्बरमा युरोपमा डिजेलबाट चल्ने सवारीको संख्या भन्दा बढी विद्युतबाट चल्ने सवारी साधानको बिक्री पहिलो पटक नाघेको युरोपियन इलेक्ट्रिक कार रिर्पोटले जनाएको छ । विश्लेषकहरुले यसलाई मानिसहरु शून्य कार्बन उत्सर्जनतिर लाग्ने थालेको रुपमा अथ्र्याएका छन् ।
२१) पहिलो पटक फिलिपिनो नागरिकलाई नोबल शान्ति पुरस्कार
फिलिपिनो पत्रकार मारिया रेसा नोबल शान्ति पुरस्कार पाउने पहिलो फिलिपिनो नागरिक बनिन् । फेक न्युजविरुद्धको अभियानका लागि टाइम म्यागजिनले उनलाई २०१८मा वर्ष व्यक्तिसमेत घोषणा गरेको थियो ।
अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरेको प्रयासमा उनलाई नोबल शान्ति पुरस्कारबाट पुरस्कृत गरिएको थियो । उनीसँगै रुसी पत्रकार डिमिट्री मुराटोभलाई संयुक्त रुपमा पुरस्कार दिइएको थियो । -एजेन्सी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.67
153.27
European Euro
1
177.03
177.72
UK Pound Sterling
1
207.00
207.81
Swiss Franc
1
188.55
189.29
Australian Dollar
1
108.78
109.20
Canadian Dollar
1
110.17
110.60
Singapore Dollar
1
119.64
120.11
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.66
40.82
Qatari Riyal
1
41.88
42.05
Thai Baht
1
4.63
4.64
UAE Dirham
1
41.57
41.73
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
10.81
10.85
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.68
23.77
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.22
499.17
Bahrain Dinar
1
404.95
406.54
Omani Rial
1
396.53
398.09