चितवन । नेकपा (एमाले) चितवनको १०औँ जिल्ला अधिवेशनमा चार जनाले अध्यक्ष पदका लागि दाबी गरेका छन् । पार्टीको जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुँदै छ ।
जिल्ला अध्यक्षका लागि नेता रामप्रसाद न्यौपाने, तेजेन्द्रबहादुर खड्का, कृष्ण भुर्तेल र कमल पाठकले इच्छा देखाएका हुन् । अध्यक्षका आकांक्षी न्यौपाने यसअघि पार्टीको भरतपुर महानगर कमिटीको अध्यक्ष थिए । खड्का यसअघिको नवौँ महाधिवेशनमा जिल्लाको उपाध्यक्षमा निर्वाचित भएका थिए ।
भुर्तेल हाल बागमती प्रदेशको प्रदेशसभा सदस्य छन् । नवौँ अधिवेशनमा पाठक जिल्ला सदस्यमा निर्वाचित भएका थिए । जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य पार्वती रावलले सहमतिका आधारमा नेतृत्व चयनका लागि केन्द्रीय नेताको उपस्थितिमा छलफल गरिने जानकारी दिइन् ।
उनले भनिन्, “सकेसम्म सर्वसम्मत नेतृत्व चयनमा प्रयास हुनेछ ।” सर्वसम्मत नभए निर्वाचन प्रक्रियाबाट नेतृत्वको टुङ्गो लाग्ने उनको भनाइ छ । जिल्ला समितिमा अध्यक्ष, उपाध्यक्ष र सचिव एक÷एक र उपसचिवमा दुई जनासँगै १२० सदस्यीय कार्यसमिति बन्ने छ । जिल्लामा छनोट भएका एक हजार ४०० प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने नेता रावलले जानकारी दिइन् ।
जिल्ला अधिवेशनको प्रतिनिधि पुस १७ गते सबै तहबाट छानिएर आउँदै छन् । यसअघि एमाले चितवनमा विष्णु घिमिरे, केदार न्यौपाने, युवराज कार्की, नरबहादुर खाँण, डम्बर श्रेष्ठ, हरि सापकोटा, देवी ज्ञवाली, विजय सुवेदी, कृष्ण खनाल, जेएन थपलिया, कृष्णभक्त पोखरेलले नेतृत्व गरिसकेका छन् । एमाले अलग भएसँगै पार्टी नेतृत्वले चितवनका अध्यक्षमा रावललाई जिम्मेवारी दिएको थियो ।
१०औँ जिल्ला अधिवेशन : एमाले चितवनमा अध्यक्षका चार आकांक्षी
December 31, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

उवा संघ–चितवनका सदस्यलाई पुष्पान्जली हस्पिटलको २५ प्रतिशत छुट

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य जारी, २० प्रतिशत सकियो

सर्वोच्चको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान, शिक्षकहरू अझै सडकमा

सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री ओलीले सरकार ढल्न लागेको संकेत गरेपछि …

आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
- ADVERTISEMENT -
