काठमाडौं / नेपालमा थप ३८२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७ पीसीआर परीक्षणमा ३४२ र १५ हजार ९५२ एन्टिजेन परीक्षणमा ४० जना गरी ३८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमितको यो संख्या पछिल्लो एक महिनामा सबैभन्दा बढी हो । यसअघि मंसिर २७ गते ३४१ जना संक्रमित फेला परेका थिए भने मंसिर २१ गते र मंसिर १६ गते ३१५ जना संक्रमित भेटिएका थिए । त्यसबाहेक मंसिर र पुस महिनामा संक्रमित संख्या ३ सय नाघेको थिएन ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५२ रहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा २४४ जना संक्रमित भेटिएका छन् । त्यस्तै, ललितपुरमा ३२, भक्तपुरमा ९, मोरङमा ८ र चितवनमा ७ जना संक्रमित भेटिएका छन् ।
संक्रमित पछिल्लो १ महिना यताकै बढी, थप ३८२ मा कोरोना
January 1, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
