बुटवल / बेमौसमी वर्षाले रुपन्देहीका इट्टा उद्योगमा बनाइएका आठ करोड मूल्य बराबरको काँचो इट्टा नष्ट भएको छ । लुम्बिनी इट्टा व्यवसायी संघ भैरहवाका अनुसार गत बुधबार आएको वर्षाले रुपन्देहीका ५२ वटा इट्टा उद्योगका आठ करोड मूल्य बराबरको इँटा गलेर नष्ट भएको हो ।
रुपन्देहीमा ५२ वटा इँटा उद्योगमध्ये हाल ४७ वटा सञ्चालनमा छन् । यी उद्योगमा रहेका तीन करोड २५ लाख गोटा इँटा नष्ट भएको उद्योगीहरूले बताएका छन् । वर्षाका कारणले गलेर इट्टा नष्ट हुँदा अहिले मात्रै आठ करोड रुपैयाँ भन्दा बढीको नोक्सानी इट्टा व्यवसायीहरूलाई भएको प्रारम्भिक अनुमान गरिएको इट्टा व्यवसायी संघ लुम्बिनीका महासचिव अजयकुमार गुप्ताले बताए ।
अहिलेको वर्षाले एउटा भट्टामा कम्तीमा २ लाखदेखि १० लाखसम्म काँचो इट्टा गलेर नोक्सानी भएको उनको भनाई छ । काँचो इट्टाको बिमा पनि नहुने भएकाले राज्यले संरक्षण गर्न जरुरी रहेको उनले बताए ।
रुपन्देहीमा उत्पादन हुने इट्टाहरू रुपन्देहीका अलावा पाल्पा र स्याङ्जा समेत पुग्ने गरेका छन् । मंसिरदेखि वैशाख सम्म इट्टा उत्पादन हुने समय भएको र त्यसपछिको ६ महिनासम्म वर्षा मौसममा यो उद्योग बन्द रहने गर्दछ । बेमौसमी वर्षाका कारण काँचो इट्टा गलेर नष्ट भए पनि बजारमा इट्टाको अभाव हुन नदिन आफूहरू लागि परेको संघका महासचिव गुप्ताको भनाई छ । अब नयाँ इँटा उत्पादन हुन एक महिना ढिलाई हुने देखिएको छ ।
बेमौसमी वर्षाका कारण सबैभन्दा बढी दर्लमकाली इट्टा उद्योग धकधईमा नोक्सानी पुर्याएको छ । त्यस्तै गरी प्रकाश इट्टा, सिद्धार्थ इट्टा, हिरा इट्टा, एलबी इट्टा लगायतमा धेरै नोक्सानी भएको छ । रुपन्देहीमा सञ्चालित इँटा उद्योगमा करिब १० अर्ब लगानी छ भने आठ हजार बढी मजदुर कार्यरत छन् ।
- ADVERTISEMENT -

बेमौसमी वर्षाले आठ करोड मूल्यको इँटा नष्ट

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36













