March 15, 2025
- ADVERTISEMENT -

जनमत पार्टीका रूपन्देही उपाध्यक्षसहित १२ जना नियन्त्रणमा

January 3, 2022

बुटवल / जनमत पार्टीका रुपन्देही जिल्ला उपाध्यक्षलगायत १२ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले विगत ४ दिनदेखि चक्काजामसहितका आन्दोलन गर्दै आएको थिए । रूपन्देही बसन्तपुरबाट उनीहरूलाई पक्राउ गरिएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।
प्रवक्ता पौडेलका अनुसार पक्राउ पर्नेमा रूपन्देही जिल्ला उपाध्यक्ष शम्भुप्रसाद यादव, कार्यकारी सदस्य विजय यादव, जिल्ला सदस्य सुदिप चौधरी, रोहिणी पार्टी कमिटी अध्यक्ष विष्णु चौधरी, राजकुमार कोइरी, प्रमोद गुप्ता, हिरामन हरिजन, राजेन्द्र यादव, धर्मेन्द्र यादव, सुनिल गुप्ता, राजप्रसाद वराउ, भरतकुमार यादव रहेका छन् ।
अनिश्चितकालीन दिवा बन्दको कारण ती रूटमा हिँड्ने सवारीहरू प्रभावित हुँदै गएपछि रूपन्देही प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई बाटो चालु गराएको छ ।

- ADVERTISEMENT -