Opens in a new tab
२०८३ आश्विन २८, बुधबार
October 14, 2026
२०८३ आश्विन २८, बुधबार
October 14, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मलामी लिएर हिँडेको बस दुर्घटना : ७ को मृत्यु, १६ घाइते

प्रकाशित मिति : २०७८ पुष १९ गते

पाल्पा / अर्घाखाँचीको मालारानी–२ मरेङ कुभिण्डेका पशुपति रसाइली बुटवल–१७ नहरपुरमा बस्दै निर्माण सामग्रीको व्यापार गरिरहेका थिए । उनका ६८ वर्षीय पिता वीरबहादुर टमटा (रसाइली) को शनिबार दिउँसो निधन भयो ।
बाबुको शव दाहसंस्कारका लागि कालीगण्डकीको रूरू क्षेत्रमा लैजाने क्रममा आइतबार भएको बस दुर्घटनामा बिक्री गर्ने ३० वर्षीय छोरा पशुपतिको पनि निधन भएको छ ।
दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । ‘पाँच भाइ छोरा बसमा सँगै थिए,’ आफन्त कर्णबहादुर सुनारले भने, ‘एकको मृत्यु भयो, चार भाइ घाइते भएर अस्पतालमा छन् । छोरीको पनि अवस्था गम्भीर छ ।’ वीरबहादुरका छोराहरू अर्जुन, विशाल, हिमाल, विष्णु र छोरी मीरा रामदाम अस्पतालमा उपचाररत छन् । वीरबहादुरका ६ भाइ छोरा हुन् । जेठो छोरा भारतमा रहेकाले आउन सकेका थिएनन् । पाँच भाइ बसमा सँगै थिए ।
मलामी बोकेको बसभित्रको पछाडि सिटमा शव थियो । दुर्घटनामा मृत्यु हुनेमा मलामी र रसाइलीका आफन्त परेका छन् । पशुपतिसँगै बुटवल–१७ का ४० वर्षीय खुमबहादुर राना, ११ का ३२ वर्षीय विजय थापा क्षत्री, अर्घाखाँचीको मालारानी–२ मरेङका २८ वर्षीय भोजेन्द्र विक, २५ वर्षीय शंकर विक, ३३ वर्षीय अर्जुन विक, ३६ वर्षीय मोहन कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बिहान साढे ६ बजेतिर बुटवलबाट गुडेको बस तानसेन–रिडी सडक खण्डको ओरालोमा चिप्लिएर दुर्घटना भएको प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले बताए ।
बसमा झन्डै ३० जना मलामी थिए । लु१ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट–२ लघुवामा बिहान १० बजेतिर दुर्घटनामा परेको हो । ‘शव बोकेको गाडीका लागि जोर्तेमा बन्द भएको सडक खुलाउन हामी बाइकमा पुगेका थियौं,’ आफन्त सुनारले भने, ‘प्रहरीले शव कहाँ आएको छ बुझ्न लगायो । मैले कल गर्दा बस दुर्घटना भइसकेको थियो ।’
बस सडकदेखि ६० मिटर तल बारीमा खसेको थियो । पल्टिएको बसमुनि चार जनाको शव दबिएको अवस्थामा देखिएपछि एक्स्काभेटर लगाएर लिकालिएको छ । मलामीका अनुसार तीव्र गतिमा गुडेको बस ओरालो सडकमा दुर्घटना भएको हो । घाइतेमध्येका कृष्णबहादुर नेपालीले सडक ओरालो र शीतले गर्दा चिप्लो हुनुका साथै घुम्तीसमेत रहेकाले दुर्घटना भएको बताए ।
घाइतेमध्ये नौ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा र सात जनाको मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको टाउको, ढाड, छाती, हात र खुट्टामा चोट लागेको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘हामी दुर्घटना भएको भन्दा केही तल घाम तापेर बसेका थियौं,’ स्थानीय विश्वराज कार्कीले भने, ‘हेर्दाहेर्दै बस खसेको थियो ।’ तीव्र गतिमै रहेको बसले मोड काट्ने क्रममा नसकेको हुनुपर्ने उनको भनाइ छ । यही स्थानमा यसअघि पटक–पटक दुर्घटना भइरहेको थियो । यसअघि बस खसेकै स्थानबाट टिपर, मोटरसाइकल, ट्र्याक्टर, जिप पनि खसिसकेका थिए ।
‘दुई वर्षयता मात्र ७ वटा दुर्घटना बस खसेकै स्थानमा भएका छन्,’ उनले भने । तानसेन–रिडी सडक साँघुरो छ । यही सडकमा गुल्मी, अर्घाखाँचीका केही भागका साथै बागलुङको बुर्तिवाङ, ढोरपाटन जाने गाडीहरू चल्छन् । -यो समाचार माधव अर्यालले कान्तिपुर दैनिकमा लेखेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.16
152.76
European Euro
1
170.13
170.80
UK Pound Sterling
1
201.45
202.25
Swiss Franc
1
182.73
183.45
Australian Dollar
1
106.10
106.52
Canadian Dollar
1
106.72
107.14
Singapore Dollar
1
118.88
119.34
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.73
22.82
Saudi Arabian Riyal
1
40.51
40.67
Qatari Riyal
1
41.74
41.91
Thai Baht
1
4.53
4.55
UAE Dirham
1
41.43
41.59
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
11.36
11.41
Swedish Kroner
1
15.22
15.28
Danish Kroner
1
22.76
22.85
Hong Kong Dollar
1
19.39
19.46
Kuwaity Dinar
1
493.55
495.49
Bahrain Dinar
1
402.81
404.39
Omani Rial
1
395.22
396.77