२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बागमति प्रदेश फोनिजको उपाध्यक्षमा चितवनका तामाङ सर्वसम्मत

प्रकाशित मिति : २०७८ पुष २२ गते
- ADVERTISEMENT -

–बबिलाल तामाङ
मकवानपुर / तामाङ पत्रकार संघ चितवनका निवर्तमान सचिव राजेश रुम्बा तामाङ बागमति प्रदेश फोनिजको उपाध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत चयन भएका छन् । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समितिको बुधबार र बिहीबार हेटौंडामा सम्पन्न दोस्रो महाधिवेशनबाट गरिमामय उपाध्यक्ष पदमा तामाङ सर्वसम्मत चयन भएका हुन् ।
उक्त महाधिवेशनमा उपाध्यक्ष पदका चार जना आकांक्षी रहे तापनि अन्ततः तामाङ नै उपाध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । बिहीबार बिहान ४ बजेसम्म सर्वसम्मत हुन नसकेपछि निर्वाचन मण्डलले बिहान ८ बजेसम्म स्थगित गर्नुपर्ने अवस्था आएको थियो ।
पछिल्लो समय मिडियामा जनजाति पत्रकारहरुको बाहुल्यता बढेसँगै फोनिजमा पनि सदस्यता संख्या बढ्दै गएको छ । संख्या बढेसँगै आकांक्षी बढेकाले समावेशी ढंगबाट लैजान दोस्रो महाधिवेशनका निर्वाचन मण्डल, जनजाति अग्रज पत्रकार लगायतलाई हम्मेहम्मे परेको थियो ।
नवनिर्वाचित उपाध्यक्ष तामाङ विगत आठ वर्षदेखि मिडिया क्षेत्रमा आवद्ध छन् । अभियान टेलिभिजन, सहयात्री खबर लगायत विभिन्न संचारमाध्यममा काम गर्दै आएका उनी बागमति प्रदेश फोनिजमा यसअघि पनि कार्यसमितिमा काम गरिसकेका छन् ।
उपाध्यक्ष तामाङ संचार क्षेत्र बाहेक विभिन्न सामाजिक संघसंस्था, गुम्बालगायतमा समेत सक्रिय छन् । उनले हालै सम्पन्न फोनिजको दोस्रो महाधिेशनका लागि बीस हजार रुपैयाँ पनि सहयोग गरेको थियो । उनले मानव सेवा आश्रम तथा विभिन्न सामाजिक कार्यमा समेत सहयोग उपलब्ध गराउँदै आएको छ ।
फोनिजको हालसम्म महाधिवेशन तथा जिल्ला अधिवेशनमा पदाधिकारी तथा सदस्य चयन गर्दा समावेशी ढंगबाट हुँदै आएको छ । फोनिज सदस्यताका आधारमा आकांक्षी बढी भएपनि अन्ततः सर्वसम्मत चयन गर्न सफल भएको छ ।
फोनिजलाई नेपाल पत्रकार महासंघ पछि दोस्रो ठूलो छाता संगठनको रुपमा लिइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -