मकवानपुर / राक्सिराङ गाउँपालिकामा कोरोनाबिरुद्धको खोप लगाउनेहरुको संख्या न्युन रहेको पाइएको छ । सरकारले खोप लगाउने कार्यक्रम लागु गरे यता गाउँपालिकाभित्रका जम्मा २७ प्रतिशत जनताले मात्र खोप लगाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कापरीले जानकारी दिए ।
कोरोनाबिरुद्धको खोप लगाउनेको संख्या कम रहेको गुनासो बढेपछि गाउँपालिकाले जिल्ला खोप समन्वय समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको उपस्थितिमा अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा भौगोलिक विकटता, अशिक्षा र जनचेतनाको कमि, भ्रामक प्रचार तथा ब्यवस्थापकिय कमजोरीका कारण खोप लगाउनेको संख्या कम रहेको औल्याइएको छ ।
स्वास्थ्य संयोजक कापरीले विभिन्न वडामा पुग्न धेरै दिन लाग्ने र जसकारण खोप नै नष्ट हुने अवस्था रहेको बताए । उनले पर्याप्त स्वास्थ्यकर्मीहरु भए पनि विकट क्षेत्रमा उनीहरुलाई परिचालन गर्नका गाउँपालिकाले बजेटको ब्यवस्थापन गर्नुपर्ने बताए ।
स्वास्थ्यकर्मी प्रकाश कार्कीले खोपको प्रभावबारे समुदायमा भ्रम रहेको र खोप लगाउन गाँऊ जादाँ साथ नदिने गरेको गुनासो गरे । स्वास्थ्य संस्थामा पर्याप्त खोप भएपनि स्थानीयले लगाउन नमान्ने गरेको उनले बताए । अन्य सरोकारवालाले बिद्यार्थीले पढ्ने पाठ्यक्रममा नै खोपको सकरात्मक प्रभावबारे पढाइनुपर्ने, गाउँपालिकाले कडा नियम लागु गरि खोल नलगाएसम्म समाजिक सुरक्षा भत्ता नदिने, उपभोक्ता समितिको भुक्तानी रोक्ने, सिफारिसहरु नगर्नेसम्मको काम गर्नुपर्ने सुझाव राखे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले देशभरिमै कम खोपयुक्त गाउँपालिकामध्य राक्सिराङ पनि रहेको बताए । उनले अत्यन्त विकट र हिमाली जिल्लाहरुमा समेत खोपको मात्रा पर्याप्त लगाइसकेको अवस्थामा राक्सिराङमा कम खोप लगाइनु गम्भीर विषय रहेको बताए । ‘अति विकट, हिमाली जिल्लाहरुमा ८० प्रतिशतसम्म खोप लगाइसके, राक्सिराङमा भौगोलिक विकटताले खोप लगाउन सकिएन भन्न सुहाउँदैन’ – उनले भने ।
उनले पुर्ण खोप लगाउनका लागि गाउँपालिकाले कार्यक्रम नै बनाएर काम गर्न सुझाव दिए । ‘गाउँपालिकाले एक हप्ता, दश दिन अभियान नै चलाउनुस, जनशक्ति अभाव भए अन्य गाउँपालिकाबाट भएपनि ब्यवस्थापन गर्नुस, उनीहरुलाई भत्ता दिनुहोस’ – उनले भने । खोपबारे भ्रम फैलाउने, गलत प्रचार गर्नेलाई खोप ऐन २०७२ अनुसार कारबाहि गरिने बताउँदै उनले विभिन्न राजनितिक दलले समेत खोप लगाउन समुदायलाई उत्साहित गर्नुपर्ने बताए ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले विभिन्न कारणले गाउँपालिकामा खोप लगाउनेको संख्या कम देखिएको बताए । उनले स्वास्थ्य कर्मचारी र जनप्रतिनिधिबीच समन्वयको कमिले समस्या पारेको बताए । उनले गाउँपालिकामा रहेका राजनितिक दलहरुले पनि सहयोग नगरेको गुनासो गरे । तर तत्काल तयारी थालेर गाउँपालिकालाई नै पुर्ण खोपयुक्त बनाउने अभियान सुरु गरिने उनले बताए ।
‘हामी तत्काल सर्वदलीय छलफल गर्छौ, के कसरी सकिन्छ योजना तय गरेर प्रत्येक ब्यक्तिलाई खोप लगाउने वातावरण बनाउँछौ’ – उनले भने । उनले भ्रम छर्ने, अवरोध गर्ने, खोप लगाउन नमान्नेलाई कारबाहि गर्नेसम्मको चेतावनी दिए । ’घरघरमा खोप पुर्याउछौ, लगाउन नमाने थुतेर खोप लगाइदिन्छौँ ’ – उनले भने । विपद र स्वास्थ्यको क्षेत्रमा पर्याप्त बजेट खर्च गरेको बताउँदै उनले थप ब्यवस्थापनका लागि समेत आफुहरु तयार रहेको उल्लेख गरे ।
राक्सिराङमा खोप लगाउनेको संख्या न्युन : भौगोलिक विकटता र जनचेतना मुख्य कारण
January 7, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
