काठमाडाैं / कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट सङ्क्रमितको सङ्ख्या बढेपछि कतार सरकारले नेपाललाई रातो सूचीमा राखेको छ । कतारले ओमिक्रोनको सङ्क्रमण उच्च देखिएका नेपालसहित ५४ देशलाई रातो सूचीमा राखेको हो ।
कतार सरकारले ओमिक्रोन देखिएका देशबाट प्रवेश गर्ने नागरिकलाई नयाँ स्वास्थ्य मापदण्ड लागू गर्दै कतार उड्नुपूर्व ७२ घण्टाअघिको पीसीआर नेगेटिभ रिपोर्ट नभएका र कोरोनाविरुद्धको खोप नलागएकालाई प्रवेशमा निषेध लगाएको छ ।
यसैगरी रातो सूचीमा परेका देशबाट कतारमा पुुगेका नागरिकलाई अनिवार्य दु्ई दिन होटल क्वारेन्टाइनमा बस्नुुपर्ने व्यवस्था गरेको छ । कतारको दोहास्थित नेपाली दूतावासका अनुसार कतार भित्रिने यात्रुका लागि परिवर्तित सूचीअनुरूप कोरोना नियन्त्रण मापदण्ड शनिबारदेखि लागू हुनेछ । यो खबर गोरखापत्रमा प्रकाशित छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

ओमिक्रोन सङ्क्रमण : कतारको रातो सूचीमा नेपालसहित ५४ देश

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -












