२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मकवानपुरमा ६० किलो गाँजा बरामद

प्रकाशित मिति : २०७८ पुष २४ गते
File Photo
- ADVERTISEMENT -

मकवानपुर / मकवानपुर प्रहरीले लागूऔषध गाँजा ६० किलो बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीको संयुक्त टोलीले शनिबार मनहरी गाउँपालिका वडा नम्वर ६ स्थित पुर्व–पश्चिम लोकमार्ग सडकखण्डबाट उक्त परिणामको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।
प्रहरी निरीक्षक सापकोटाका अनुसार, विशेष सुचनाको आधारमा पुगेको प्रहरी टोलीलाई देखेर बोरा बोकी हिडेका अज्ञात ब्यक्तिले बोरा फाली भागेकोमा उक्त बोरा खोलि चेकजाँच गर्दा सो परिणामको गाँजा बरामद गरेको हो । उक्त गाँजालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अगाडी बढाईएको र पहिचान नखुलेका फरार ब्यक्तिहरुको खोजतलाश कार्य भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -