चितवन / चितवनमा सुरु भइसकेका र सुरु हुने तयारीमा रहेका सबै मेला, महोत्सव बन्द गर्ने जिल्ला प्रशासन कार्यालयले तयारी थालेको छ । भोलि (मंगलरबार)देखि सबै महोत्सव बन्द गर्ने तयारीमा प्रशासन जुटेको हो ।
सोही अनुरुप आज दिउँसो ३ बजे प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बस्दैछ । ‘गृहको निर्णयले सबैले मान्नै पर्छ, अवस्था जटिल बन्दै गएकाले सबै मेला, महोत्सव बन्द गराउँछौं’–प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । चितवनकै सबैभन्दा ठूला चितवन महोत्सव आइतबारबाट सुरु भइसकेको छ ।
रत्ननगर महोत्सव भोलि (मंगलबार)बाट सुरु हुने तयारी छ भने पूर्वी चितवनको खैरहनीमा खिचरा महोत्सवको तयारी चलिरहेको छ । पछिल्लो समय चितवनमा पनि कोरोना भाइरस संक्रमणदर बढ्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार आइतबारसम्ममा चितवनमा सक्रिय संक्रमितको संख्या ८२ पुगेको छ भने ७५ जना होम आइसोलेशनमा छन् ।
चितवनका सबै मेला, महोत्सव बन्द गर्ने प्रशासनको तयारी
January 10, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
