April 22, 2025

चितवनमा फोनिज बागमती प्रदेशका पदाधिकारीलाई बधाई तथा सम्मान

January 10, 2022
- ADVERTISEMENT -

चितवन / तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनका निवर्तमान अध्यक्ष र सचिव क्रमशः ज्ञानेन्द्र तामाङ, राजेश रुम्बा तामाङसहित ६ जना सम्मानित भएका छन् । नेपाल अदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले सोमबार बागमती प्रदेश समितिको पदाधिकारीमा निर्वाचित चितवनका प्रतिनिधिहरूलाई सोमबार बधाई तथा सम्मान गरेको हो ।
फोनिज चितवनले पुस २१ र २२ मा हेटौँडामा सम्पन्न फोनिजको दोस्रो प्रादेशिक महाधिवेशनबाट चितवन जिल्लाको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा राजेश रूम्बा लामा, कार्यसमिति सदस्यहरूमा हीरालाल गुरूङ, सञ्जय चौधरी, पूर्णबहादुर आलेमगर (विशाल) र लेखा समिति सदस्यमा राकेश चौधरी निर्वाचित भएका थिए । यस्तै नेकपा एकीकृत समाजवादी मकवानपुर राक्सीराङ गाउँपालिकाको अध्यक्षमा नवनिर्वाचित फोनिज चितवनको निवर्तमान कोषाध्यक्षसमेत रहेका ज्ञानेन्द्र तामाङलाई सम्मान गरिएको थियो ।
नेपाल पत्रकार महासंघ चितवनको सभा हलमा सम्पन्न कार्यक्रममा फोनिजका केन्द्रीय सदस्य राजु चौधरी, चितवनका संस्थापक अध्यक्ष सन्तकुमार चौधरी, नेपाल पत्रकार महासंघ चितवनका संस्थापक एवम् पूर्वअध्यक्ष महेन्द्रराज श्रेष्ठलगायतको उपस्थितिमा सम्मान गरिएको हो ।
पहिलो प्रादेशिक महाधिवेशनमा चितवनबाट कार्यसमिति सदस्यमा दुई जनाले अवसर पाएकोमा दोस्रो महाधिवेशनबाट एकसाथ पाँच जनाले नेतृत्व गर्ने मौका पाउनु चितवन जिल्लाको लागि ठूलो उपलब्धि भएको फोनिज चितवनका अध्यक्ष रमेश रानामगरले बताए ।
बधाई तथा सम्मान कार्यक्रमपछि बसेको फोनिज चितवनको बैठकले केन्द्रको सातौँ महाधिवेशन चितवनमा हुने भएकोले त्यसको व्यवस्थापनमा आन्तरिक तयारीमा जुट्ने निर्णयसमेत गरेको छ ।
कोभिड–१९ को जोखिम पुनः बढेकोले महाधिवेशन निर्धारित मितिमै हुने या नहुने भन्ने अन्यौल सिर्जना भए पनि चितवन जिल्लाले आन्तरिक तयारी थालेको जिल्ला अध्यक्ष मगरले जानकारी दिए । आन्तरीक तयारीका लागि सोमबार विभिन्न उपसमिति गठन गरेर जिम्मेवारीसमेत बाँडफाँड गरिएको छ ।

- ADVERTISEMENT -