कैलाली / कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक विदा दिने भएको छ । माघीलाई नयाँ वर्षका रुपमा मनाउने थारू समुदायलाई लक्षित गरेर कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिका सूचना अधिकारी यगम कलले जानकारी दिए ।
‘यो गाउँपालिकामा थारू बाहुल्यता रहेको छ,’ उनले भने, ‘थारू समुदायले माघीसँगै १ माघदेखि नयाँ वर्षका रुपमा मनाउने हुँदा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।’ उनका अनुसार ३० पुसदेखि २ माघसम्म सार्वजनिक विदा दिइएको छ । कैलारी गाउँपालिकाले गत वर्ष पनि माघी पर्वको अवसरमा तीन दिन सार्वजनिक विदा दिएको थियो ।
माघी पर्वमा तीन दिन विदा
January 11, 2022
- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
