April 22, 2025

चितवनमा केइसी इन्टरनेशनलको ट्राफिक सचेतना कार्यक्रम

January 15, 2022
- ADVERTISEMENT -

चितवन / सडक सुरक्षा अभियान अन्तर्गत रत्ननगरको शान्तिचोकमा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ । नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रको सहकार्यमा केइसी इन्टरनेशनल लिमिटेडले कार्यक्रमको आयोजना गरेको हो ।
हेटौडा–भरतपुर २२० केभी ट्रासमिसन प्रसारण लाइनको काम गरिरहेको केइसीले सडक सुरक्षा, जीवन रक्षा भन्ने मुल नाराका साथ ट्राफिक सचेतना कार्यक्रम गरेको हो । पूर्व पश्चिम राजमार्गमा गुडेका मोटर साइकल, निजी कार र सार्वजनिक सवारी साधनका चालक तथा सहचालकहरुलाई ट्राफिक नियमसंगै सडकमा सुरक्षा अपनाउदा जीवन रक्षा हुने विषयमा जानकारी गराइएको थियो ।
इलाका प्रहरी कार्यालय र रत्ननगर ट्राफिकका प्रहरी अधिकृतहरुले ट्राफिक नियम र केइसीका प्रतिनिधिहरुले सडक सुरक्षाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा केइसीका परियोजना व्यवस्थापक शौरभ हजारा, २२० केभी ट्रासमिसन प्रसारण लाइनका परियोजना व्यवस्थापक सन्तोष कुमार शाह,केइसीका सुरक्षा अधिकृत लक्ष्मण राव के,सिनियर इन्जिनियर देबेन्द्र प्रताप सिं, कर्मचारीहरु चन्द्रदेब महतो, राजेश महतो, राजेश यादब, नवराज अधिकारी, सबुज मित्री, तेजनारायण प्रसाद, सवन कुमार, उमेश राजबर, जगेश्वर महतो, विजय महतो लगायतको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -