चितवन / नारायणगढको एक किराना पसललाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । बिना बिल सामान बिक्री गर्ने पुतली बजारस्थित गोरखनाथ किराना स्टोर्सलाई तीन लाख जरिवाना गरिएको हो ।
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समिति संयोजक चिरञ्जीवी शर्माको नेतृत्वमा शुक्रबार बजार अनुगमनको क्रममा बिना बिल सामान बेच्ने गरेको पाईएपछि जरिवाना गरिएको हो ।
थोकमा सामान बिक्री गर्ने उक्त पसल सञ्चालकले लामो समयदेखि सामान खरिद गर्दा बिल नदिने गरेको पाईएको शर्माले जानकारी दिए । बिल दिनै परे सादा कागजमा दिने गरेको पाईएको समेत उनले बताए ।
“होलसेलमा सामान बिक्री गर्ने व्यवसायी रहेछन्, उनले भने, खुद्रालाई सामान बेच्दा बिल नदिने, दिनै परे दिनै परे सादा कागजमा दिने गरेको पाईएकोले जरिवाना गरिएको हो ।”
भरतपुर १० सप्तगण्डकी चोकका केही किराना पसलमा अनुगमन गर्ने क्रममा उक्त पसलले यसरी बिना बिल सामान बिक्री गर्ने गरेको खुल्न आएको उनले सहायक प्रजिअ शर्माले बताए । “हामीले सप्तगण्डकी चोकका केही किराना पसलमा अनुगमन गरेका थियौं । बिल माग्दा छैन भन्नु भयो । केहीको सादा कागजमा लेखेको देखाउनुभयो, उनले भने, त्यसपछि हामीले कहाँबाट सामान खरिद गरेको भनेर सोधपुछ गर्दा उक्त पसल भन्ने खुल्न आयो ।”
उनका अनुसार बिना बिल सामान बिक्री गरेको पाइए तीन लाख जरिवाना हुने व्यवस्था छ । आज शनिबार भएकोले भोलि आइतबार बिहान ११ बजेसम्म जरिवाना रकम भर्न निर्देशन दिईएको उनले जानकारी दिए ।
जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग, खाद्य तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।
बिना बिल सामान बेच्ने किराना पसललाई तीन लाख जरिवाना
January 15, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
