June 20, 2024

निबन्ध लेखन प्रतियोगितामा पत्रकार अधिकारी प्रथम

January 17, 2022

चितवन / चितवनमा गरिएको निबन्ध लेखन प्रतियोगितामा पत्रकार सूर्यप्रसाद अधिकारी पहिलो भएका छन् । नेपाल पत्रकार महासंघ चितवन शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर गरेको उक्त निबन्ध लेखन प्रतियोगितामा पत्रकार अधिकारी पहिलो भएको हो । उनी रेडियो नेपालका चितवन संवाददाता हुन् ।
‘नेपालमा प्रेस स्वतन्त्रताको वर्तमान अवस्था’ विषयक निवन्ध लेखन प्रतियोगितामा अधिकारी प्रथम, पत्रकार रामशरण गैरे दोस्रो र सुनिल पराजुली तेस्रो भएका छन् । महासंघ चितवन शाखाका सचिव एवम् प्रतियोगिताका संयोजक दिपेन्द्र अधिकारीका अनुसार प्रतियोगितामा ११ जना पत्रकार सहभागी भएका थिए ।
महासंघले औपचारिक कार्यक्रममार्फत पुरस्कार वितरण गर्ने जनाएको छ । पहिलोले रु ५ हजार, दोस्रोले रु ३ हजार र तेस्रोले २ हजार नगद पुरस्कार पाउने भएका छन् । निबन्ध प्रतियोगिताको छनोट समितिमा बालकृष्ण थपलिया, संगीत आयामलगायतको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -