काठमाडौं / नेपालमा कोरोना भाइरस (काभिड–१९) संक्रमण हालसम्मकै धेरैमा पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा देशभरका कुल २३ हजार ४०९ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकाका रहेको मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिए । उनका अनुसार, उपत्यकाको भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४७ हजार ९२९ जना रहेका छन् ।
नेपालमा एकैदिन ११३५२ जनामा कोरोना पुष्टि
January 19, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
