Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अनलाइनमार्फत जुवा खेलाएको आरोपमा १२ जना पक्राउ

प्रकाशित मिति : २०७८ माघ ६ गते

काठमाडौं / अनलाइनमार्फत जुवा खेलाएको आरोपमा प्रहरीले काठमाडौंबाट १२ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई कीर्तिपुर नगरपालिकाको विभिन्न स्थानमा सम्पत्ती नै हारजित हुने गरी अनलाइन जुवा खेलाउँदै गरेको गोप्य सूचनाको आधारमा पुगेको महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
कीर्तिपुर नगरपालिकास्थित चोभार, नगाउँ र बागभैरवस्थित विभिन्न घरहरूमा खानतलासी गरी अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई जुवा खेलाउन प्रयोग हुने ल्यापटप, मोबाइल लगायत उपकरणहरूसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेहरुमा कीर्तिपुर नगरपालिका ६ चोभार बस्ने ३३ वर्षीय सुजेन्द्र थापा, वडा नम्बर ६ बस्ने १७ वर्षीय मनिष थापा, १७ वर्षीय समिर थापा, २७ वर्षीय कविता थापा, ३० वर्षीय रविन खड्का, कीर्तिपुर वडा नम्बर १० बस्ने ४५ वर्षीय बुद्ध महर्जन, १९ वर्षीया हनिशा महर्जन, वडा नम्बर ८ बस्ने २० वर्षीया रोजा महर्जन र १९ वर्षीय साहिल महर्जन, वडा नम्बर ९ बस्ने ३५ वर्षीय प्रदीपमान सिंह बस्नेत, वडा नम्बर ५ बस्ने १९ वर्षीय विनोद ठगुन्ना र १७ वर्षीय रमादेवी श्रेष्ठ रहेका छन् ।
पक्राउ परेकामध्ये सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत र बुद्ध महर्जनले अनलाइन जुवा खेलाउन सम्पूर्ण तयारी मिलाई ३ वटा घरमा २४ सै घण्टा सिफ्टवाइज कर्मचारीसमेत राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनीहरूले विगत १० महिनाअघि देखि महिनाको करिब १ लाख अमेरिकी डलरभन्दा बढी रकम हारजित हुने गरी जुवा खेलाउने गरेको समेत खुल्न आएको छ ।
पक्राउ परेका उनीहरुमा माथि आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23