April 19, 2025

चितवनमा थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि

January 21, 2022
Coronavirus economic impact concept image
- ADVERTISEMENT -

चितवन । चितवनमा ४ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय चितवनको तथ्यांकानुसार भरतपुर महानगरपालिकाभित्र मात्रै ३ सय ७४ जनामा आज शुक्रबार संक्रमण पुष्टि भएको हो । बाँकी १०४ जनामा रत्ननगरमा ५४ जना, राप्तीमा १८ जना, खैरहनीमा ११ जना, माडि २० जना, इच्छाकामना ६ जना र कालिकामा ५ जना संक्रमण पुष्टि भएको स्वास्थ्यले जनाएको छ। भने १२ जना निको भएका छन ।
हाल चितवनमा सक्रिय संक्रमितको संख्यामात्रै २,३५९ पुगेको छ। तीमध्ये ४६ जना अस्पतालको आइसोलेसन केन्द्रमा उपचाररत छन् भने बाँकी २,३१३ जना होम आइसोलेसनमा छन्।
स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार पछिल्लो २४ घण्टामा चितवनमा पिसिआर र एन्टिजेट विधिबाट ९,४० जनामा कोरोना परीक्षण गरिएको थियो।

- ADVERTISEMENT -