२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अत्यावश्यक बाहेकका सबै सेवा स्थगित

प्रकाशित मिति : २०७८ माघ ९ गते
- ADVERTISEMENT -

मकवानपुर / जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएको अवस्थामा आफ्नो कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकोले कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा आजदेखि बन्द गरिने भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
प्रशासनबाट प्रवाह हुने नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, संघरसंस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्रलगायत सबै प्रकारको सेवा आजदेखि यही माघ १४ गतेसम्मका लागि स्थगित गरिने भएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिए । उनका अनुसार, यस बाहेकका शान्ति सुरक्षा, विपद्, मुद्दा, राहदानी सम्बन्धी अत्यावश्यक सेवा भने नियमित रहनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -