२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

संक्रमित दोब्बरले घट्यो, थप ६४६२ जनामा कोरोना संक्रमित

प्रकाशित मिति : २०७८ माघ ९ गते
- ADVERTISEMENT -

काठमाडौं / नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १७ हजार ४३७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा रहेका छन् ।
काठमाडौं उपत्यकामा आज ३ हजार ७९१ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका २ हजार ८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जना रहेका छन् ।
देशभर कोरोनाको औसत संक्रमण दर ४१ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, यसअघि शनिबार २० हजार १८७ जनामा परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको थियो ।
यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७७ हजार ४० पुगेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -