चितवन / चितवनको नारायणगढ पुल्चोक-गोन्द्राङ सडकखण्ड विस्तारका क्रममा बनाइएको नालीमा परेर एक गैंडाको मृत्यु भएको छ ।
चितवन भरतपुरको टिकौली जंगल छेउको प्रहरी बिट अगाडि सडक विस्तारका लागि बनाइएको नालीमा गएराति रडमा उनिएर नालीमा खसेर गैंडाको मृत्यु भएको हो ।
बरण्डाभार क्षेत्रबाट राजमार्ग तरेर सडकभन्दा माथिल्लो क्षेत्रतिर जान लागेको अवस्था गैंडा सो नालीमा परेको अनुमान गरिएकोछ ।
घटनाका बारेमा निकुञ्जलाई जानकारी गराइए पनि गैंडाको अवस्था, उमेर र लिङ्गको बारेमा खुलेको छैन । निकुञ्जको टोली घटनास्थलतर्फ जाँदै गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
ठेकेदारले लापरबाही गरी नालीको भाग नपुर्दा उक्त क्षेत्रमा आवतजावतमासमेत समस्या हुँदै आएको स्थानीयले गुनासो गरेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनको टिकौली गोन्द्राङमा एक मृत गैंडा फेला

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -













