Opens in a new tab
२०८३ कार्तिक १, शनिबार
October 17, 2026
२०८३ कार्तिक १, शनिबार
October 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मेघौलीका कृष्ण महतो कमलनगरमा पहिचानसहितको खाना पस्कँदै

प्रकाशित मिति : २०७८ माघ १० गते

चितवन / थारु समुदायमा पाक्ने पहिचानसहितका खानाका लागि थारु बस्ती पुग्नुपर्दैन । नारायणगढको व्यस्त सहरको बीचमा एक थारु युवाले आफ्नो पहिचानसहितको खानाको होटल सञ्चालन गर्दै आएकाछन् ।
उच्च शिक्षा अध्ययनपछि एक दशकभन्दा लामो होटल क्षेत्रको अनुभव सङ्गालेर भरतपुर महानगरपालिका–२८ मेघौलीका कृष्ण महतोले नारायणगढको कमलनगरमा होटल ह्याप्पी होम सञ्चालन गरेका हुन् । उनको होटलमा थारु भान्से (कुक) ले घोँगी, हाँसको छोइला, चिचर, झिंगे माछा, अन्य माछा, गगँटाजस्ता थारुका परम्परागत परिकार पाइन्छन् । त्यसो त होटलमा अरु परिकार पनि पाक्ने गर्दछन् ।
महतोले भने, “मेरो होटलमा आउनेको पहिलो रोजाइ थारु खाना नै हुने गर्दछ ।” चिल्लो कम हुने हुँदा थारु खाना स्वास्थ्यवद्र्धक र पोषिलो हुने गर्दछ । थारुको बाहुल्य बस्ती रहेको जिल्लाको सहरी क्षेत्रमा यस्ता अन्य होटल नभएको उनको भनाइ छ । उनले भने, “म थारु परिकारका लागि माडी, टाँडी र मेघौलीसम्म पुगेर सामग्री ल्याउने गर्दछु ।”
परिकार थारुका पाक्ने भए पनि अन्य जातिले बढी रुचाएको उनको अनुभव छ । थारु परिकार पाइन्छ भन्ने थाहा पाउने परपरबाट पनि आफ्नामा आउने गरेको महतोको भनाइ छ । उनले भने, “हाम्रो जातिको पहिचानसहितको यो परम्परागत खानाको माग बढ्दो छ ।” मानव स्वास्थ्यका लागि थारु परिकार आफैँमा निकै राम्रो हुने उनको दाबी छ ।
त्यसो त यो समुदाय खानाकै कारण स्वस्थ र दीर्घजीवी हुने गर्दछ । स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएका महतोले २२ वर्षको उमेरबाट होटल क्षेत्रमा काम थालेकाहुन् । अहिले ३८ वर्ष हुँदै गर्दा आफू सन्तुष्ट रहेको बताउने महतोले झण्डै नौ वर्ष जिल्लाको ठूलो होटल सेन्ट्रल पाममा काम गरे । झाडुपोचादेखि व्यवस्थापनसम्मको सबै कामको अनुभव सङ्गालेका उनले केही वर्ष नारायणगढमै साथीको एक होटलमा व्यवस्थापकको जिम्मेवारी सम्हाले ।
उनले विसं २०७४ को असोज ६ गतेदेखि यो होटल सुरुआत गरेकाहुन् । ऋण गरेर रु २० लाख हाराहारीको लगानीमा सुरु भएको ह्याप्पी होममा सुरुमा आठ कोठा थिए । अहिले बढाउँदै लगेर २० कोठा पुगेका छन् । लगानी रु एक करोडभन्दा बढी भइसकेको महतोको भनाइ छ ।
बैंकमा ऋण भए पनि ग्राहकको सन्तुष्टिका कारण आफूलाई पनि सन्तुष्टि मिलेको उनले बताए । आफ्ना उमेरका धेरै साथी विदेशिएको भन्दै उनले स्वदेशमै आफ्नो जातिको भाषा, संस्कृति र पहिचान संरक्षण गर्दै खानाको प्रवद्र्धनमा लाग्न पाउँदा यसैमा रमाएको बताए । उनले भने, “मैले अहिले पनि १२ जनालाई रोजगारी पनि दिन सकेको छु ।”
अन्यत्र काम गर्दा आफूले गरेको मिहिनेतको प्रतिफल अहिले पाउन थालेको भन्दै उनले मिहिनेतका साथ काम गर्‍यो भने स्वदेशमै धेरै गर्न सकिने बताए । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42