चितवन / जिल्ला कारागार भरतपुरमा कैदी वन्दिलाई आफन्तसँग भेटघाटघाट गर्न बन्द गरिएको छ । कोरोना भाइरस संक्रमण तिव्र गतिमा फैलिदै गएपछि कारागार प्रशासनले कैदी बन्दीसँग भेटघाट बन्द गरेको हो । कोरोनाका नियन्त्रणका लागि स्थानीय प्रशासनले सतर्कता अपनाउन निर्देशन दिएसँगै कैदीबन्दीलाई आफन्तसँग भेटघाटमा रोक लगाइएको कारागारका जेलर कमल प्रसाद काफ्लेले जानकारी दिए ।
“प्रशासनले सार्वजनिक स्थलमा २५ जना भन्दा बढीको जमघट र भेला हुन रोक लगाएको छ, उनले भने, त्यसैले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै कैदी बनदीलाई पनि आफन्त भेटघाटका लागि रोक लगाइएको हो ।” कारागारमा अहिले ७ सय १२ जना कैदी बन्दी रहेका छन् । जसमध्ये ६ सय ६२ जना पुरुष र ४९ जना महिला रहेका छन् ।
उक्त कारागारमा २ जना आश्रीत बालिका पनि रहेका छन् । कारागारको क्षमता भने २५ जना महिला र २ सय ५५ जना पुरुष गरि २ सय ८० जनाको मात्र छ । कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी रहेकोले संक्रमणको जोखिम पनि उत्तिकै छ । यस्तो अवस्थामा आफन्तसँग भेटघाट गराउँदा अझै जोखिम बढ्ने काफ्लेको भनाइ छ । कारागार व्यवस्थापन विभागको परिपत्र अनुसार नै भेटघाट बन्द गरिएको समेत उनले जानकारी दिए ।
परीक्षणपछि मात्रै कैदी बन्दी बुझ्ने
कोरोना संक्रमणको जोखिम बढेपछि कारागारले पिसिआर परीक्षण गरेर मात्रै बाहिरबाट ल्याईएका कैदी बन्दी बुझ्ने गरेको छ । अघिल्लो पटकको लहरमा कोरोनाबाट एक कैदीको मृत्यु भएको थियो । “जोखिम बढेका बेला सतर्कता अपनाउनुपर्छ । अघिल्लोपटक कोरोनाबाट एक कैदीको उपचारका क्रममा मृत्यु भएको थियो, उनले भने, एक जनालाई संक्रमण देखिने वित्तिकै सबै कैदी बन्दीलाई जोखिम हुन्छ ।
त्यसैले पिसिआर परिक्षणको रिपोट नभएसम्म कैदी बन्दी हामी बुझ्दैनौ ।’ कारागारमा कोरोनाको लक्षण देखिएका कैदी बन्दीलाई छुट्टै राख्ने व्यवस्था गरिएको उनले बताए । काफ्लेका अनुसार नयाँ र उपचारका लागि अस्पताल गइरहनुपर्नेे कैदी बन्दीलाई छुट्टै क्वारेन्टिनको समेत व्यवस्था गरिएको छ ।
कारागारमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एउटा व्लकमा ३ वटा कोठालाई क्वारेन्टिन बानाइएको छ । जसमा ३० जनाको क्षमता छ । आवश्यकता अनुसार थप गर्न सकिने समेत उनले बताए । क्वारेन्टिनमा स्वास्थ्यमा समस्या आएका र नयाँ कैदीलाई राखिने उनले बताए । क्वारेन्टिनमा अहिले १३ जना कैदी बन्दी रहेका छन् ।
उनका अनुसार अहिले कारागारमा कैदी वन्दीलाई कोरोना संक्रमण देखिएको छैन । नुवाकोटमा ८ हजार कैदी बन्दी क्षमताको केन्द्रीय कारागार बन्दै छ । अन्य जिल्लाहरुमा पनि भवन बन्दै छन् । यी सबै निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि क्षमता अनुसारनै कैदी बन्दी राखिने उनले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनको भरतपुर कारागारमा कैदी बन्दीसँग भेट्न निषेध

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -













