Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन जिल्ला लिगको फाइनलमा पहिलो पटक बिएफसी 

प्रकाशित मिति : २०७८ माघ १० गते

चितवन / केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगको फाइनलमा प्रवेश गरेको छ । आज (सोमबार) सम्पन्न पहिलो सेमिफाइनल खेलमा रामपुर फुटबल क्लब रड्सलाई टाईब्रेकरमा पराजित गर्दै बिएफसी फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको हो । बिएफसी जिल्ला लिगमा पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । यस अघि बिएफसी सेमिफाइनल भन्दा अघि बढ्न सकेको थिएन । बिएफसीले टाईब्रेकरमा रामपुरलाई ५-३ ले पराजित गर्‍यो । टाईब्रेकरमा बिएफसीका राज भुसाल, कप्तान सन्दिप सेन्चुरी, प्रयास तामाङ, बिबेक मगर र लिलाबहादुर थापा मगरले गोल गरे ।
रामपुरका विशाल तामाङ, सुरज श्रेष्ठ र रशिश तामाङले गोल गरे । बिशेष तामाङको तेस्रो प्रहार बिएफसीका आदित्य गुरुङले बचाए । त्यस अघि निर्धारित ९० मिनेटमा दुबैतर्फबाट १-१ गोल भएको थियो । पहिलो हाफको ३० औं मिनेटमा बिएफसीले अग्रता लिएको थियो । बिएफसीका प्रयास तामाङले डिबक्स भित्र प्राप्त अवसरलाई सदुपयोग गर्दै सहज गोल गरे । तर बिएफसीको अग्रता धेरै बेर टिक्न सकेन । ३२ औं मिनेटमा रामपुरले बराबरी गोल फर्कायो । रामपुरका कप्तान सुरज गुरुङले कर्नरमा सुन्दर हेड गर्दै बललाई जाली चुमाए।
दोस्रो हाफमा दुबै टिमले गोल गर्ने अवसर खेर फाले । खेलको अन्त्य तिर प्राप्त केही अवसरमा दुबै टिम गोल गर्न चुके । खेलको म्यान अफ दि म्याच बिएफसीका गोलरक्षक आदित्य घोषित भए ।
बिएफसीले उपाधिका लागि दोस्रो सेमिफाइनलको बिजेतासँह खेल्नेछ । दोस्रो सेमिफाइनल खेल केही बेरमा सेन्ट्रल कलेज एभरेष्ट क्लब चितवन र सौराहा युवा समाजबीच हुनेछ ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग १२ गतेसम्म चल्नेछ । लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो टोलीले समान २५-२५ बजार प्राप्त गर्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23