![]()
चितवन / भरतपुरका तामाङ समुदायले यस वर्ष मञ्जुश्री २८५८औं ‘सोनाम ल्होछार’ पर्व नमनाउने भएका छन् । विश्वव्यापी रुपमा बढ्दै गएको कोरोना महामारीका कारण यस वर्ष तामाङ समुदायले सोनाम ल्होछार नमनाउने भरतपुर नगर तामाङ समाजका अध्यक्ष पासाङ तामाङले जानकारी दिए ।
चितवन जिल्लाकै ठूलो छेच्यु थर्पलिङ गुम्बा भोजाडमा वर्षेनी समाजले सोनाम ल्होछार पर्व भव्यताकासाथ मनाउँदै आइरहेको छ । तामाङ समुदायको सबैभन्दा ठूलो पर्व सोनाम ल्होछारको पूर्वसन्ध्यामा कोरोना संक्रमण बढ्दै गएपछि समाजले यस वर्षको लागि स्थगित गरेको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले गत पुस २६ गतेदेखि लागू हुने गरी मेला महोत्सव, २५ जनाभन्दा बढी भेला नपाउने गरी रोक लगाएको थियो भने केन्द्रीय कोभिड व्यवस्थापन केन्द्रले पुस २५ गते सो निर्णय गरेको हो ।
प्रशासनले रोक लगाएपछि नेपाल तामाङ घेदुङ केन्द्रस्तरबाटै ल्होछारलाई नमनाउने निर्णय भएको समाजका अध्यक्ष तामाङले बताए । समाजले हरेक वर्ष केन्द्रकै निर्णय बमोजिम ल्होछार पर्व मनाउँदै आएको छ ।
समाजका अध्यक्ष तामाङका अनुसार ल्होछारको तयारी भइरहेको थियो । समाजले राष्ट्रिय कलाकारलाई उतार्ने र भव्यताकासाथ सम्पन्न गर्ने जमर्कोमा थियो । एकाएक कोरोना संक्रमित चितवनसहित देशव्यापीरुपमा बढेसँगै ल्होछारलाई स्थगित गर्नु परेको उनको भनाइ छ ।
उनले यस वर्ष सामान्य रुपमा ल्होछारको अघिल्लो दिन गुम्बामा सीमित संख्यामा उपस्थिति भई लोखर पूजा (ग्रह फाल्ने) गरिने बताए । सोही दिन गुम्बा परिसर सरसफाइ गरिने कार्यक्रम समेत भएको उनले भने ।
उनका अनुसार ल्होछारको दिन गुम्बामा बत्ती बालिने छ । न्यून संख्याको उपस्थितिमा शुभकामना आदानप्रदान कार्यक्रम गरिने उनले जानकारी दिए । उनले नगरका सबै तामाङ समुदायलाई स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाई घरमै ल्होछार पर्व मनाउन आग्रह गरेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भरतपुरका तामाङ समुदायले ‘ल्होछार’ नमनाउने, घरमै मनाउन आग्रह

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -













